IME Life New

नेपाल लाइफको तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५” हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राष्ट्रिय फोटोपत्रकार समूहद्धारा आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकारीता अवार्ड २०७५ को लागि मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने भएको छ । उक्त कार्यक्रमको नाम “ नेपाल लाइफ इन्स्योरेन्स राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०७५” हुने छ ।

साथै लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि नेपाल लाइफ इन्स्योरेन्सको नामबाट वितरण गरिने भएको छ । शुक्रबार औपचारिक रुपमा आयोजक संस्थाका संयोजक प्रदीपराज वन्त र प्रायोजक संस्थाको तर्फवाट सूचना तथा ब्रान्ड विभाग प्रमुख मेघेन्द्र प्रकाश गिरी र कर्पोरेट प्रमुख पवन कुमार खड्का बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

Esewa
Crest

लाइफ टाइम अचिभमेन्ट अवार्डबाट एक जना वरिष्ठ फोटोपत्रकारलाई नगद पुरस्कारको राशी ५० हजार नगद सहित ट्रफी र सम्मान पत्रले सम्मानित गरिनेछ । उक्त अवार्ड लगायत अन्य १४ विधाका अवार्ड पुरस्कार होटल अन्नपूर्ण दरबारमार्गमा यहि बैशाख १३ गते विषेश कार्यक्रम गरि बितरण गरने छ ।

उक्त कार्यक्रममा गोल्डस्टार सुज खेलकुद फोटोपत्रकारिता अवार्ड,नेपाल टेलीकम डेली लाइफ फोटोपत्रकारिता अवार्ड ,पन्चकन्या गुप्र आर्थिक फोटोपत्रकारिता अवार्ड, थाहा अध्ययन राजनैतिक फोटोपत्रकारिता अवार्ड,लगायत विभिन्न अन्य अवार्डहरुमा आइएमईगु्रप,नेपाल एयरलाइन्स,इसेवा,देउराली जनता,नेपाल चेम्वरअफ कमर्स , होटलअन्नपूर्ण , रुस्लान म्यूजीक लगायतको सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS