IME Life New

नेपाल लाइफका अभिकर्ताले सिइओ पराजुलीलाई बुझाए ११ बुँदे मागपत्र, बोनसदर र सुविधा बढाउन दवाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफको दोस्रो पुर्ण बैठक आर्यतारा होटेल काठमाडौमा सम्पन्न भएको छ । संघको बैठकले बीमित र अभिकर्ताको हकहितका लागि ११ बुँदे मागपत्र तयार गरि कम्पनीलाई पेस गरेको छ ।

नव नियुक्त प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीलाई संघका केन्द्रिय कार्यसमितिका पदाधिकारी, सदस्यहरू एवम शुभचिन्तकहरुले उक् ११ बुँदे ध्यानाकर्षणपत्र हस्तारण गरेका छन् । समितिका अध्यक्ष गणेश अधिकारीको अध्यक्षतामा बसेको बैठकले आम बीमित र अभिकर्ताको मागहरुका बारेमा कम्पनी ब्यबस्थापनलाई ध्यानाकर्षण गराएको हो ।

Esewa
Crest

सोहि अवधिमा नव नियुक्त प्रमुख कार्यकारी अधिकृत पराजुली र नवनिर्वाचित पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समितिका केन्द्रिय पदाधिकारी एवम् सदस्यहरू बिच सफल कार्यकालको बधाई तथा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

यस अघि हेटौंडा अधिबेशन पश्चात् बसेको पहिलो बैठकले कम्पनीलाइ अभिकर्ताको नामबाट लेबी बापत कुनै रकम काट्न अधिकार नभएको भन्दै कम्पनीलाइ पत्र पठाएकोमा उक्त माग कम्पनी ब्यवस्थापनले सम्बोधन गरिसकेको छ । गत दुई वर्षदेखिको अभिकर्ता तथा एजेन्सी म्यानेजरबाट काटेको लाखौं रकम कम्पनीले सम्बन्धित अभिकर्तालाई नै फिर्ता गर्न समेत केन्द्रिय समितिले माग गरिरहेको छ ।

यस्तै बीमितले पाउने बोनस छिटोभन्दा छिटो न्युनतम ६५ या सो भन्दा बढी कायम गरिनुपर्ने समेत समितिले कम्पनीसमक्ष माग गरेको छ । नयाँ, बजार सुहाउँदो बीमा योजना ल्याउन, बैंकाइन्स्योरेन्स लाई कुनै पनि हालतमा लागु नगर्न, जिरो कोडको सिस्टम तुरुन्तै अन्त्य गर्न, अभिकर्ताको कर्जा तथा सवारी कर्जा अभिकर्तालाई सरल र सहज हुने तरिकाले यथाशीघ्र लागू गर्न, सबै शाखा तथा उपशाखाहरुमा कम्तिमा महिनाको एकपटक रिफ्रेसमेन्ट कार्यक्रम संचालन गर्न, विगतमा एम,बिसी भैसकेका तर नवीकरण गर्न नसकेका सबै अभिकर्ताहरुको यो विषम आर्थिक परिस्थितिलाई मध्यनजर गर्दै स्व:त नवीकरण गरी कामगर्ने वातावरण सृजना गर्न, अभिकर्ता र बीमितको गुनासो सुन्ने ब्यवस्था मिलाउन लगायतका  मागहरु कम्पनीका सिइओ पराजुलीलाई हस्तान्तरण गरिएको छ ।

अभिकर्ता तथा बीमितको माग पत्र ग्रहण गर्दै सिइओ पराजुलीले आगामी दिनहरुमा अभिकर्ताहरुका सुझाब सल्लाह अनुसार सहकार्य गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बीमक समितिका केन्द्रिय वरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर  खड्काले स्वागत गरेको कार्यक्रमको संचालन सचीव ओम बहादुर खत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS