IME Life New

नेपाल लाइफका अभिकर्ताको माग अझै पुरा भएन, वार्ता नमिले अर्को चरणको आन्दोलन: संघर्ष समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ अभिकर्ता केन्द्रिय संघर्ष समितिले राखेका मागलाई कम्पनीको उच्च व्यवस्थापनले अझै संबोधन गर्न सकेको छैन । माग संबोधन नगरी दोस्रो त्रैमाशको अन्तिम तीन दिनका लागि कारोबार खुला गरिदिन कम्पनी उच्च व्यवस्थापनको आग्रहलाई संघर्ष समितिले अस्वीकार गरेको छ ।

कम्पनीको उच्च व्यवस्थापनले हिजो बुधबार संघर्ष समितिका पदाधिकारीहरु सँग छलफल गरेको थियो । छलफलमा कम्पनीका तर्फबाट बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत सुशिल चौधरी, नायव महाप्रवन्धक उमापती पोखरेल, बरिष्ठ सहायक प्रवन्धक दिगविजय सिंघल थिए भने संघर्ष समितिको तर्फबाट संयोजक गणेश अधिकारी, सचिव ओम प्रसाद ओली, सह संयोजक सूर्य प्रसाद दाहाल लगायतको उपस्थिति थियो ।

Esewa
Crest

छलफलका क्रममा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले तीन दिनका लागि कारोबार खुला गरिदिन अनुरोध गरेका थिए । तर संघर्ष समितिका अभिकर्ताहरुले ‘तीन दिन पोलिसी खोलेर सधैका लागि बन्द गर्ने कि हाम्रा माग पुरा गरेर सधैका लागि खुला गर्ने’ भन्दै प्रश्न गरेका थिए । अभिकर्ताको उक्त प्रश्न पछि पराजुलीले सधैका लागि खुला गर्ने भन्दै जवाफ दिए पछि उनिहरुले त्यसो भए आजै अभिकर्ताको माग पुरा गर्नुहोस् अहिले नै खोलिदिन्छौ भनेका थिए ।

सञ्चालक समितिले पराजुलीलाई कुराकानी गर्नका लागि मात्रै पठाएका कारण उनले निर्णय लिन सकेनन् । पराजुलीले सञ्चालकहरु सँग छलफल गरेर पुन: आज बिहीबार छलफल गर्ने बाचा गरेका थिए । यस भन्दा अगाडी चौधरीले झापाको मेची क्राउन होटलमा अभिकर्ताहरुसँग माग संबोधन गर्ने प्रतिद्धता व्यक्त गरे पनि माग पुरा नभएको हुँदा अहिले उधारोमा आन्दोलन फिर्ता नलिने उनिहरुको अडान थियो ।

उनिहरुको आडानका कारण अहिले नेपाल लाइफमा अभिकर्ताहरुले  पोलिसी बिक्री गर्न दिएका छैनन् । उनिहरुले सम्पुर्ण शाखा तथा उपशाखा प्रमुखहरुलाई पोलिसी इन्ट्रि नगराउन चेतावनी दिदै आएका छन् । यसले गर्दा कम्पनीले आफ्नो सर्भरलाई सबै कर्मचारीले देख्ने व्यवस्था मिलाउन सकेको छैन ।

अभिकर्ताको अवरोधका कारण दोस्रो त्रैमाशको टार्गेट पुरा नहुने भए पछि उच्च व्यवस्थापनले अभिकर्ताहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरेको हो । अभिकर्ताहरुले हिजो पनि पुरानो स्ल्याब कायमै राख्नु पर्ने भन्दै अडान लिएका छन् । त्यस्तै नयाँ महंगा प्रोड्कट बन्द गरेर पुराना प्रोडक्टलाई कायम गर्नु पर्ने, बोनशदर घटाउन नपाइने लगायतका माग राख्दै आएका छन् ।

अभिकर्ताहरुले विगत १२ दिनदेखि पोलिसी  बिक्रि गर्न रोकेर आन्दोलनमा छन् । यस भन्दा अगाडी उनिहरुले माग पुरा गर्न दवाव दिदै आएका छन् । तर कम्पनीले जुनसुकै दबाब दिदा पनि अटेर गरेपछि बाध्य भएर उनिहरुले यस्तो आन्दोलन गरेका हुन् । यदि अहिलेको माग भोलिसम्ममा पुरा भएन भने माघ दुई गतेदेखि अर्को चरणको आन्दोलन गर्ने संयोजक अधिकारीले जानकारी दिए । उनले भने ‘यति गर्दा पनि कम्पनीले अटेर गर्यो भने हामी अर्को चरणको आन्दोलनमा उत्रिन्छौ ।’ उनिहरुले माग संबोधन नभएमा सम्पुर्ण शाखा तथा उप शाखा कार्यालयमा ताला लगाउनेसम्मको योजना बनाइसकेका छन् ।

यो पनि पढ्नुहोस्

पुस १७ गतेदेखि कुनै पनि पोलिसी बिक्री नगराउन अभिकर्ता केन्द्रिय संघर्ष समिति नेपाल लाइफको आह्वान

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS