IME Life New

नेपाल ब्रोकर एसोसिएसनको आयोजनामा फुटसल प्रतियोगिता हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल ब्रोकर एसोसिएसनको आयोजनामा ब्रोकर कम्पनी, मर्चेण्ट बैंकर लगायतका पूँजी बजारसँग सम्बन्धित निकायहरुबीच फुटसल प्रतियोगिता भइरहेको छ ।

एसब्यानले खेलकुद क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरुलाई अगाडि बढाउने क्रममा फुटसल फर युनिटीको नारासँगै नेपालमै पहिलो पटक पूँजी बजारसँग सम्बन्धित सम्पूर्ण निकायहरुलाई समेटी”SBAN Capital Market Futsal Cup 2022″  को आयोजना गरेको हो । यस प्रतियोगिता चण्डोल स्थित ढुकु फुट्सल हबमा शनिबारदेखि सुरु भएको हो।

Esewa
Crest

सेबोन, सिडिएस एण्ड क्लियरिङ लि, धितोपत्र दलाल ब्यवसायी, मर्चेन्ट बैंक, क्रेडिट रेटिङ एजेन्सी, निक्षेप सदस्यलगायत अन्य पूँजी बजारसँग सम्बन्धित निकायका ३६ टिमको सहभागिता प्रतियोगितामा रहेका छन्।

शनिबार र आइतबार गरी ३६ टिमबाट २८८ जनाले भाग लिएका थिए। समूह चरणमा ५४ प्रतियोगिता भएकोमा २१ टिम नयाँ चरणमा प्रवेश गरेको छ। आगामी शनिबार भिजन ३४, एसबीआई मर्चेन्ट, सेक्युर्ड ३६, ओपल ४, मल्ल स्टक, क्रियटिभ ४०, कुमारी क्यापिटल, लिन्च ४१ र इक्रा नेपालले आफ्नो समूहमा विजयी भएर अर्को चरणमा प्रवेश गरेका छन।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS