IME Life New

नेपाल बैंकले त्रिभुवन विश्वबिद्यालयमा आबद्धलाई विना धितो कर्जा उपलब्ध गराउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक र त्रिभुवन विश्वबिद्यालयबीच सम्झौता भएको छ । बैंक र विश्वबिद्यालयबीच उक्त विश्वबिद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई विना धितो १५ लाख सम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

यस सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वबिद्यालयको सिफारिसको आधारमा त्यहां कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई आम्दानीको आधारमा विना धितो सुलभ व्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध गराउने छ ।

Esewa
Crest

आज मंसिर ८ गते त्रिभुवन विश्वबिद्यालय किर्तिपुरमा उक्त सम्झौता सम्पन्न भएको हो । त्रिभुवन विश्वविधालयका उपकुलपति प्रा. डा. धर्मकान्त वास्तोला र नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको उपस्थितिमा त्रिभुवन विश्वबिद्यालयका तर्फबाट आर्थिक महाशाखा प्रमुख कुमार प्रसाद हुमागाई र नेपाल बैंक लिमिटेडका तर्फबाट प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्तोलाले नेपाल बैंक र त्रिभुवन विश्वबिद्यालय बीचको धेरै पुरानो सम्बन्ध रहेको स्मरण गर्दै नेपाल बैकले त्रिभुवन विश्वबिद्यालयमा प्रदान गर्दै आएको अटुट सेवाको उच्च प्रसंसा गर्दै नेपाल बैकलाइ धन्यबाद दिएका छन् ।

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले देशका दुइ वटा जेठा संस्थाहरुवीच ऐतिहासिक सम्बन्ध रहेको बताउदै सेवाग्राही कर्जाको यो सम्झौताबाट त्रिभुवन विश्वबिद्यालयका सम्पूर्ण कर्मचारीहरु लाभान्वीत हुने विश्वास व्यक्त गरेका छन्।

उक्त कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयका रेक्टर प्रा. डा. शिवलाल भुषाल, रजिष्टार प्रा. डा. पेसल दाहाल, नेपाल बैंक लिमिटेडका रिटेल कर्जा बिभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ्ग तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेलका साथै बैंकको किर्तिपुर शाखाका शाखा प्रबन्धक ज्ञान राज गौतम लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS