IME Life New

नेपाल बैंकर्स संघको कर्णाली प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम संचालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकर्स संघ काठमाडौंको सहयोगमा नेपाल बैंकर्स संघ कर्णालीले प्रदेश समितिले कर्णाली प्रदेशका व्यवसायी तथा व्यापारीलाई एक दिने बैंकिङ साक्षरता कार्यक्रम संचालन गरेको छ । संघले चैत ९ गते विरेन्द्र नगरमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिका संयोजक राज कुमार शाक्यको अध्यक्षता रहेको सो कार्यक्रममा मुख्य अतिथि नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शालिग्राम पोख्रेल थिए भने अतिथिमा उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष धन बहादुर रावत थिए । यो कार्यक्रम, व्यापारी/व्यवसायीमा बैंकिङ, कर्जा, कर तथा डिजिटल बैंकिङ, कृषि सहुलियत योजना, कोभिड–१९ वाट प्रभावित ग्राहकका निम्ति बनाइएका नीति योजनाहरु सम्बन्धी ज्ञान र चेतनामा आधारित सूचनामुलक जानकारी प्रदान गरिएको थियो ।

Esewa
Crest

प्रत्येक बैंकवाट मनोनयन भएका ९५ ग्राहक वर्गवाट सहभागिता रहेको यस कार्यक्रम अत्यन्त प्रभावकारी भएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS