IME Life New

नेपाल बैंकको मधेस प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्न मधेस प्रदेशको प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । जेठ २४ गते देखि २६ गते सम्म धनकुटाको भेडेटारमा सम्पन्न बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, मधेश प्रदेश प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका शाखा प्रबन्धक र कर्मचारी संगठनका प्रतिनिधिहरु गरि ४५ जनाको सहभागिता रहेको थियो ।

प्रधान कार्यालय बजेट तथा योजना बिभाग र तालिम तथा बिकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागि शाखा प्रबन्धकहरुलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धि तालिम प्रदान गरिएको थियो ।

Esewa
Crest

बैंक व्यवस्थापनले शाखाहरुसंग अन्तक्रिया गरी शाखा प्रबन्धकहरुबाट प्राप्त सल्लाह एवं सुझावहरु समेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारीता बढि हुने साथै आगामी आर्थिक बर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङ्मा बढावा दिने लगायतका विषहरुमा बृहत रुपमा छलफल गरी सो सम्बन्धमा आवश्यक कार्यक्रमहरु तय गर्न सहज हुने भएकाले यस्ता कार्यक्रमहरु प्रत्यक बर्ष आयोजना गरिंदै आएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ् क्षेत्रकै क्रिम तथा युवा जनशक्ति भएको बताउदै कर्मचारीको मेहनेतले गर्दा नै नैपाल बैंक आज सबल र प्रतिस्पर्धि बैंकको रुपमा अगाडि आएको बिचार व्यक्त गरे ।

उनले बैङ्कका कर्मचारीले ग्राहकहरुको बिश्वास जित्दै देशको आर्थिक बिकासमा महत्वपूर्ण योगदान गर्ने कार्यमा उर्जाशिल भई अगाडि बढिरहने बिश्वास समेत उहांले व्यक्त गरेका थिए ।

कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेल, योजना तथा बजेट बिभागकी मुख्य प्रबन्धक प्रतिभा डंगोल, मधेस प्रदेश प्रमुख शिवराम मीश्र, तालिम तथा बिकास डिभिजन प्रमुख प्रसाद सिवाकोटी, कृषि कर्जा डिभिजन प्रमुख बालकृष्ण चौलागाईं लगायतको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS