IME Life New

नेपाल बीमा प्राधिकरणद्धारा कपिलवस्तु नगरपालिकामा बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सचेतना कार्यक्रम अन्तर्गत कपिलवस्तु जील्लाको कपिलवस्तु नगरपालिकामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणका उप निर्देशक बिरोध भट्टको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Esewa
Crest

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा प्राधिकरणका सहायक निर्देशक अनुराग पाण्डे, नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स) का लुम्बिनी प्रदेश अध्यक्ष विश्वदिप नेपाल, बीमा सर्भेयर संघ (निसा) का लुम्बिनी च्याप्टरका अध्यक्ष गोविन्दा लामिछाने, निप्स लुम्बिनी प्रदेशका सल्लाहकार रमेश थापा रहेको थिए । साथै अतिथिको रुपमा भने कपिलवस्तु नगरपालिकाभित्रका वडा अध्यक्षहरु, नगरभित्र कार्यरत कर्मचारीहरु, विभिन्न बीमा कम्पनीका क्षेत्रिय तथा शाखा प्रमुखहरु, पत्रकार तथ स्थानिया लगाएत करिब ९० जनाको उपस्थितिमा उक्त कार्यक्र सम्पन्न भएको हो । कार्यक्रमको संचालन भने निप्स लुम्बिनीका सल्लाहकार कृष्ण बन्धु अर्यालले गरेका हुन् ।

प्राधिकरणका उपनिर्देशब भट्टले सहभागिहरुबाट आएको प्रश्नलाई समेट्दै आफ्नो मन्तव्य राखेका थिए । साथै बीमा सचेतनाका लागि प्राधिकरणले निरन्तर कार्यक्रम गर्ने, सबै क्षेत्रका बासिन्दालाई बीमाको पहुँचमा ल्याउने प्रतिवद्धता व्यक्त गरे । नगर प्रमुख पौडेलले स्वास्थ्य बीमामा दिदै आएको ५० प्रतिशत अनुदान प्रदान गर्दै आएको बताए । साथै कृषि, पशु तथा घर बीमालाई पनि जोड दिँदै आएको उनको भनाई छ । यसका लागि नेपाल बीमा प्राधिकरणसँग समन्वयन गरि अघि बढ्ने समेत उनले बताए । निप्सका अध्यक्ष नेपालले बीमा कम्पनीहरुसँग समन्वयन गर्दै बीमा सचेतना कार्यक्रम बढाउँदै जाने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS