IME Life New

नेपाल बंगलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बंगलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १५ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिनका साथै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनश शेयर र कर प्रयोजनका लागि ३ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा उक्त प्रस्ता पारित हुनेछ ।

Esewa
Crest

कम्पनीले आफ्नो २७औं वार्षिक साधारण सभा मंसिर २ गते बोलाएको छ । सभा कम्पनीको आफ्नो रजिष्टर्ड कार्यालय, कमलादी काठमाडौंमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS