IME Life New

नेपाल बंगलादेश बैंकको नाफामा झिनो सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आवको छ महिनामा नाफामा झिनो अंकले सुधार गर्न सफल भएका छ । केही बैंकहरुको नाफा घटिरहेको समयमा बंगलादेश बैंकले भने नाफामा झिनो सुधार गर्न सफल भएको हो ।

अघिल्लो आवको समीक्षा अवधीमा ७९ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको नेपाल बंगलादेश बैंकले झण्डै डेढ करोडले बृद्धि गर्दै यस पटक ८० करोड ७७ लाख रुपैयाँ नाफा गरेर झिनो सुधार गरेको हो ।

Esewa
Crest

सर्वसाधारणको ६३ अर्ब १२ करोड ४३ लाख रुपैयाँ निक्षेप रहेको नेपाल बंगलादेश बैंकले चालु आवको छ महिनामा ५७ अर्ब ९३ करोड ४६ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको हो ।

चालु आवको छ महिनामा बैंकले तीन अर्ब ६५ करोड ९५ लाख रुपैयाँ व्याज आम्दानी गरी २ अर्ब ३० करोड ४३ लाख रुपैयाँ व्याज खर्च गरेको छ ।

अन्य सूचकहरुमा बैंकको खराब कर्जा अनुपात १.९२ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा खराब कर्जा अनुपात १.७८ प्रतिशत रहेकोमा यस पटक केही बढेको छ । एनबीको कर्जा निक्षेप अनुपात ७२.९५ प्रतिशत अर्थात तरलता पर्याप्त रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS