IME Life New

नेपाल एसबिआई बैंकले पठाउन थाल्यो शेयरधनीको बैंक खातामा नगद लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंकले आजदेखि नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन शुरु गरेको छ । बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशमलव ४७ प्रतिशत नगद लाभांश हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा आजदेखि पठाउन शुरु गरेको हो ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका र हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीले यथाशिघ्र शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश पाउने पनि बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकले विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको मितिले ५ वर्ष वितेसके पछि पनि केहि शेयरधनी अझै लाभांश संकलन गर्न नआएकोले सम्पर्क गर्न आग्रह गरेको छ ।

विभिन्न समयमा जारी गरेको हकप्रद शेयर खरीदका लागि आवेदन पेश गरी फिर्ता भएको लगानी रकम हालसम्म पनि केहि शेयरधनी लिन नआएकाले उक्त लगानी रकम कम्पनी ऐन २०६३ अनुसार लगानीकर्ता संरणक्ष कोषमा पठाई सकिएको हुँदा आफ्नो लिन बाँकी नगद लाभांश नेपाल एसबिआई मर्चेण्ट बैंकिङमा सम्पर्क राख्न समेत बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS