IME Life New

नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी कैलालीको प्रथम साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी (निप्स) कैलालीको प्रथम साधारण सभा सम्पन्न भएको छ । प्रथम साधारण सभाले नयाँ कार्य समिती गठन गरेको छ । कैलाली जिल्लामा रहेका निर्जीवन बीमा कम्पनीहरुमा कार्यरत बीमाकर्मी कर्मचारीहरुबीच भाईचारा अभिबृद्धी ,कर्मचारीका हक हित र बीमा सचेतना अभिबृद्धीका लागि निप्स कैलाली गठन गरिएको हो ।

पुस २१ गते शनिबार एनएलजी इन्स्योरेन्स कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठको अध्यक्षतामा नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी कैलालीमा नयाँ कार्य समिति गठन गरिएको हो । नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक प्रेमहरी पोख्रेलको प्रमुख अतिथ्यतामा भएको सभामा निप्स कैलालीको ११ सदस्य कार्यसमिती सर्वसम्मत रुपमा चयन भएको छ ।

Esewa
Crest

निप्स कैलालीका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष घनश्याम जोशी शिद्धार्थ प्रिमियर इन्स्योरेन्स, कोषाध्यक्ष संजिव जोशी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सचिब नर बहादुर नेगी नेपाल इन्स्योरेन्स , सदस्यहरुमा नरेश ओझा नेको इन्स्योरेन्स , सागर बम हिमालयन एभरेष्ट इन्स्योरेन्स, श्याम बिष्ट युनाईटेड अजोड इन्स्योरेन्स, धर्मराज बडु सलिको, सुरज रावल सानिमा जिआईसि इन्स्योरेन्स, राम सिंह महरा प्रभु इन्स्योरेन्स ,नरेन्द्र राज पनेरु राष्ट्रिय बीमा कम्पनीबाट रहेका छन ।

त्यस्तै, सल्लाहकारहरुमा युनाईटेड अजोड इन्स्योरेन्सका राकेश कर्माचार्य, डिल्ली राज जोशी शिखर इन्स्योरेन्स, एम.के.सेन नेशनल इन्स्योरेन्स, भरत रावल नेको इन्स्योरेन्स, समिर प्रधान नेपाल इन्स्योरेन्स, नरेश गौतम सानिमा जिआईसि इन्स्योरेन्स, देवेन्द्र बम प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सबाट रहेका छन् ।

उक्त सभामा सचिब नरबहादुर नेगीले संस्थाको प्रतिबेदन पेश गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक प्रेमहरी पोख्रेल,लगायत बिभिन्न बक्ताहरुले आआफ्ना धारणाहरु राख्दै नवनिर्वाचित कार्यसमितीको पुर्ण सफलताको लागी शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS