IME Life New

नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक विच मर्जरको संझौता, मर्जर पछि यस्तो देखिनेछ बैंकको सूचक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिहीबार नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक विच मर्जरको सझौंतापत्रमा हस्ताक्षर भएको छ । होटल अलफ्टमा हिमालयन बैंकका अध्यक्ष तुलसी प्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बेंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जर पछि बैंकको अध्यक्ष नेपाल इन्भेष्टमेन्टका पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणा हुने सहमति भएको छ । इन्भेष्टमेन्टका ज्योति पाण्डे भने डेपुटी सिइओ हुने सहमति भएको छ । मर्जर पछि बैंकको चुक्ता पूँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्ने छ । दुबै बैंक विचमा बराबरी हैसियतमा मर्जरको सहमति भएको हो । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २५ करोड रहेको छ भने हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड मात्र रहेको छ ।

Esewa
Crest

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको जगेडा कोषमा १२ अर्ब ९४ करोड छ भने हिमालयन बैंकको जगेडामा जम्मा ६ अर्ब १९ करोड मात्र छ । मर्जर पछि १९ अर्ब रुपैयाँ नाघ्ने छ । प्रतिशेयर नेट्वर्थ हेर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको प्रतिशेयर नेट्वर्थ १८६ रुपैयाँ छ भने हिमालयन बैंकको १७१ रुपैयाँ मात्र छ । नेपाल इन्भेष्टमेन्टले १ खर्ब ६५ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५६ अर्ब कर्जा प्रवाह गरेको छ भने हिमालयन बैंकले १ खर्ब ३२ अर्ब निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब कर्जा प्रवाह गरेको छ । मर्जर पछि तीन खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ भने कर्जा लगानी २ खर्ब ८७ अर्ब रुपैयाँ पुग्नेछ ।

इन्भेष्टमेन्ट बैंकले तेश्रो त्रैमाससम्म ४ अर्ब २९ करोड खुद व्याज आम्दानी गर्दा हिमालयन बैंकले २ अर्ब ७१ करोड मात्र खुद व्याज आम्दानी गरेको छ। खुद मुनाफा हेर्ने हो भने तेश्रो त्रैमाससम्म इन्भेष्टमेन्ट बैंकले २ अर्ब ८४ करोड खुद मुनाफा गरेकोमा हिमालयन बैंकले १ अर्ब २८ करोड मात्र खुद मुनाफा गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ छ भने हिमालयन बैंकको १६ रुपैँया छ । तत्कालिन अवस्थामा इन्भेष्टमेन्ट बैंकको खराब कर्जा धेरै छ । बैंकको खराब कर्जा २ दशमवल ३२ प्रतिशत रहेको छ । मर्जर पछि बन्ने बैकको कर्मचारी संख्या २५ सय पुग्नेछ । हाल हिमालयन बैंकको शाखा कार्यालय ६९ वटा छ भने इन्भेष्६मेन्टको ८३ वटा छ । मर्जर पछि शाखा कार्यालय १५२ वटा पुग्नेछ । जसमध्ये केहि शाखाहरु एकै स्थानमा रहेकाले मर्ज गर्ने या स्थानान्तरण गर्नु पर्ने हुन्छ ।

बैंकहरु एक आपसमा गाभिए पश्चात् बैंकको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तिय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बैंकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS