IME Life New

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले गरे मर्जरको सहमति, चुक्ता पूँजी सर्वाधिक धेरै ३४ अर्ब पुग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । शुक्रवार दुबै बैंकले एकआपसमा गाभ्न गाभिनका लागि प्रारम्भिक समझदी पत्रमा हस्ताक्षर गरेका हुन् ।

हिमालयन बैंक सँगको मर्जर भाडिए सँगै नेपाल इन्भेष्टमेन्टले नयाँ जोडी खोज्ने क्रममा मेगा सँग मर्जर गर्ने निर्णय गरेको हो । समझदारीपत्रमा नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट पृथ्वी बहादुर पाडे र मेगा बैंक नेपाल लिमिटेडको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले हस्ताक्षर  गरेका हुन् ।

Esewa
Crest

हिमालयन सँग मर्जर भाडिए लगत्तै नेपाल इन्भेष्टमेन्टले मेगा बैंक सँग छलफल अगाडि बढाएको थियो । दुबै बैंक  विचमा धेरै कुराहरुमा समझदारी पछि बल्ल आज सम्झौता भएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक दुबै बाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंक हुन् । दुई बैंकको मर्जर पछि बन्ने बैंक नेपालकै सर्वाधिक ठुलो पूँजी भएको बैंक बन्नेछ । मर्जर पछि बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ बन्ने विषयमा सहमति भएको छ ।

नामका साथै अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको विषयमा नि सहमति जुटेको छ । मर्जर पछि बैंकको अध्यक्षमा नेपाल इन्भेष्टमेन्टका पृथ्वी बहादुर पाँडे रहने छन् भने प्रमुख कार्यकारी अधिकृतमा नेपाल इन्भेष्टमेन्टकै ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ । मर्जर पछि बन्ने सञ्चालक समितिमा दुबै बैंकका प्रतिनिधि रहनेछन् ।

हाल नेपाल इन्भेष्टमेन्टको चुक्ता पूँजी १८ अर्ब ३१ करोड रुपैयाँ छ भने मेगाको १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । मर्जर पछि चुक्ता पूँजी ३४ अर्ब ४३ करोड रुपैयाँ पुग्नेछ । त्यसैगरी हाल नेपाल इन्भेष्टमेन्टको जगेडा कोषमा १४ अर्ब ८२ करोड रुपैयाँ रहेको छ भने मेगाको ५ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । मर्जर पछि पूँजी जगेडा कोषमा २० अर्ब नाघ्नेछ । कोषको आकार भने आधा खर्ब नाघ्नेछ ।

कर्जा लगानी तर्फ इन्भेष्टमेन्टको एक खर्ब ७३ अर्ब रुपैयाँ छ भने मेगाको एक खर्ब ५० अर्ब रुपैयाँ रहेको छ । साथै निक्षेप तर्फ इन्भेष्टमेन्टको एक खर्ब ८२ अर्ब रुपैयाँ छ भने मेगाको एक खर्ब ५२ अर्ब रुपैयाँ छ । यसरी पूँजी, जगेडा, कर्जा लगानी, निक्षेप संकलन लगायतका सूचकमा बैंक सबैभन्दा अगाडी देखिनेछ ।

दुबै बैंकहरु एक आपसमा गाभिए पछि संस्थाको पूँजी बृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिबृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धता कासाथ यो मर्जर कार्यक गरिएको बैंकका सिइओहरु ले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS