IME Life New

नेपाल इन्फ्राष्ट्रक्चरका शेयरधनीले आइपिओ भरेको एक महिनामै कमाए १६,४४० रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल इन्फ्राष्ट्रक्चर बैंकको प्राथमिक शेयर खरिद गरेका लगानीकर्ताले कारोबार खुलेकै दिन १६ हजार ४४० रुपैयाँ कमाएका छन्। आइतबार खुलेको पहिलो कारोबारमै अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ।

नेपाल स्टक एक्सचेन्जले बैंकको पहिलो कारोबार न्युनतम ११३ रुपैयाँदेखि अधिकतम ३४० रुपैयाँको रेन्ज तोकिदिएको थियो। पहिलो कारोबार अधिकतम ३४० रुपैयाँबाटै भएको हो। अधिकतम रेन्ज ३४० रुपैयाँको १० प्रतिशतले बढ्ने क्रममा आइतबार ३७४ रुपैयाँ पुगेको छ।

Esewa
Crest

कम्पनीको प्राथमिक शेयरमा आवेदन दिने जति सबैले प्राप्त गरेका थिए। न्युनतम १० कित्तादेखि ५० कित्तासम्मको लागि आवेदन दिने जति सबैले प्राप्त गरेका हुन्। ५० कित्ता भन्दा बढि आवेदन दिने मध्ये केहिले ६० कित्तासम्म प्राप्त गरेका छन्। बैंकले माघ दुई गतेदेखि ६ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो। ठिक एक महिना अगाडि प्राथमिक शेयर निष्काशन गरेको बैंकका शेयरधनी यसै अवधिमा राम्रो कमाइ गरेका छन्।

अधिकतम ६० कित्ता प्राप्त गर्नेले आजको मूल्य अनुसार १६ हजार ४४० रुपैयाँ कमाएका छन् भने न्युनतम १० कित्ता खरिद गरेकाले पनि २७४० रुपैयाँ कमाएका छन्। बैंकको प्राथमिक शेयरबाट १५ लाख भन्दा धेरै शेयरधनी छन्। दोस्रो बजारमा सर्वसाधारण समुहको ८ अर्ब रुपैयाँको कारोबार गर्न मिल्छ। अन्य बैंक तथा वित्तीय संस्था र सूचिक अन्य कम्पनीको तुलनामा यस बैंकको शेयर सबैभन्दा धेरै छ। अन्य कम्पनीको भन्दा धेरे सप्लाइ हुने भएकाले दोस्रो बजारमा कम्पनीको मूल्यमा धेरै नै तलमाथि हुने सम्भावना रहन्छ। आइतबार ४९ हजार भन्दा धेरै कित्ताको कारोबार भैसकेको छ। यसले पनि आगामी दिनमा सप्लाइ बढ्ने देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS