IME Life New

नेपाली टायल्सले बजार लिन थालेपछि नेपालमै उत्पादन शुरु गर्न तातिए भारतीय कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाली उद्मीले स्थानीय स्तरमै गुणस्तरिय टायल्स उत्पादन शुरु गरेपछि बजार हिस्सा गुम्ने डरसँगै भारतीय सेरामिक टायल्स उद्याेगले समे धमाधम नेपालमा उद्याेग स्थापनाका लागी सकृयता देखाउन थालेका छन्। बाराकाे जीतपुरमा नेपाेभिट ब्राण्डमा नेपाली टायल्सलकाे उत्पादन शुरू भएपछि भारतीय लगानीकर्ताहरूले पहिलाे पटक नेपालमै उत्पादन गर्नका लागी चासाे देखाएका हुन् ।

सेरामिक टायल्स उत्पादकमध्येकाे साेमानी टायल्सले वीरग‌ंज र काठमाण्डाैंमा दुईवटा सुविधा सम्पन्न टायल्स शाेरुम स‌ंचालनमा ल्याएकाे एक साता नबित्दै मुरारका समूहसँग मिलेर भैरहवामा टायल्स उत्पादन शुरू गर्ने घाेषणा समेत गरेकाे छ। दुई अर्ब रुपैयाँ (भारू १ अर्ब २५ कराेड) लगानीमा टायल्स उद्याेग स्थापना गर्नका लागी मुरारका समूह र साेमानी सेरामिक लिमिटेडबीच सम्झाैता पत्रमा हस्ताक्षर समेत भएकाे छ। साेमानी सेरामिक समूहकाे स‌ंचालक समितिकाे गत फेब्रुअरी ८, २०२३ काे बैठकले नेपालमा टायल्स उत्पादनका लागी भारु ६२ कराेड ५० लाख रुपैयाँसम्म लगानी गर्ने निर्णय गरेकाे थियाे । मुरारका समूहसँगकाे संयुक्त उद्यममा ५० प्रतिशतमा  नबढ्ने गरी लगानी गर्ने निर्णय समेत गरेकाे थियाे । प्रस्तावित उद्याेगकाे वार्षिक उत्पादन क्षमता ३५ लाख वर्ग मिटर रहनेछ । भारत बाहिर साेमानी टायल्सकाे याे पहिलाे उद्याेग हुनेछ।भारतीय बजारमा साेमानी टायल्सले २० प्रतिशत बजार हिस्सा ‍ओगटेकाे छ।

Esewa
Crest

यसैगरी पाँच महिना अघि नेपालमा टायल्स उत्पादन शुरु गर्नका लागी लगानी गर्न भारतीय टायल्स उत्पादक कजरिया समूहले नेपालकाे व्यापारिक समूह रमेश कर्पसँग सम्झाैता गरेकाे थियाे । रमेश कर्पसँग २ अर्ब ५० कराेड भारतीय रूपैयाँ (४ अर्ब नेपाली रूपैयाँ) लगानीमा उद्याेग स्थापना गर्नका लागी कजरिया समूहले सम्झाैता गरेकाे थियाे । याेमध्ये ५० प्रतिशत अर्थात् १ अर्ब २५ कराेड भारतीय रूपैयाँ लगानी गर्नका लागी कजरिया समूहकाे संचालक समितिले ३ अक्टुबर २०२२ मा निर्णयगरेकाे थियाे ।

सेरामिक टायल्सकाे आयातमा सरकारले ३० प्रतिशतका दरले भन्सार महशुल असुल्दै आएकाे छ। ३० प्रतिशत भन्सार महशुल, प्रशानिक खर्च, ढुवानी, बीमालगायतकाे खर्चका कारण भारतबाट निर्यात गर्नुकाे साटाे भारतीय कच्चा पद्धार्थकाे प्रयाेग गरेर नेपालमै उत्पादन गर्दा किफायती हुने देखिएपछि भारतीय ठूला ब्राण्ड समेत नेपालमा लगानीका लागी तयार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

76%
happy

खुसी

6%
sad

दु :खी

6%
amazed

अचम्मित

0%
excited

उत्साहित

12%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS