IME Life New

नेपालमा विदेशी मुद्रामा खाता खोल्न के छ नियामकीय प्रावधान ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा विदेशी मुद्रामा खाता खोल्न पाइने व्यवस्था रहेको छ। यसका लागि नेपाल राष्ट्र बैंकले केही नियामकीय प्रावधान निर्धारण गरेको छ।

परिवर्त्य विदेशी मुद्राको स्रोत भएका व्यक्ति तथा निकायले नेपालमा सोही मुद्रामा चल्ती, बचत, कल वा मुद्दति (खातावालाको प्रकृतिअनुसार) खाता खोल्न सक्छन्।

Esewa
Crest

राष्ट्र बैंकले दैनिक रुपमा प्रकाशन गर्ने विनिमय दरसम्बन्धी सूचनामा समावेश भएका परिवर्त्य विदेशी मुद्रामध्ये भारतीय रुपैयाँबाहेक खरिद तथा बिक्री दुवै दर उल्लेख भएका मुद्रामा मात्र यस्तो खाता खोल्न सकिने प्रावधान रहेको छ।

यसैगरी प्राकृतिक व्यक्तिको हकमा विदेशी मुद्राको स्रोतसम्बन्धी विवरण पेस गर्नुपर्दछ भने अमेरिकी डलर ५ हजार वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्राभन्दा बढी हुने गरी नगद विदेशी मुद्राका आधारमा खाता खोल्नका लागि नियमानुसारको भन्सार घोषणा कागजात पेस गर्नुपर्ने प्रावधान पनि राष्ट्र बैंकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS