IME Life New

नेपालमा लघु बीमाको बिस्तारका लागि अनुसन्धानमा लगानी गर्न युएनडिपिको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्र संघीय विकास नियोग युएनडिपिले लघु बीमाको बजार बिस्तारका लागि लघु बीमा अनुसन्धानमा लगानी गर्न नेपाल बीमा प्राधिकरणलाइ सुझाएको छ। युएनडिपिले तयार पारेको इन्क्लुसिभ इन्स्योरेन्स एण्ड रिस्क फाइनान्सिङ इन नेपाल (नेपालमा समावेशी बीमा र जोखिम वित्तपोषण) प्रतिवेदनमार्फत यूएनडिपिले यस्तो सुझाएको हो ।

प्रतिवेदनमा बीमालेख प्रचलनमा ल्याउनु अघि बीमालेखको नमूना तयार पारेर लक्षित समुदायका बीच परिक्षण गर्ने र प्राप्त सुझावका आधारमा परिमार्जन गरेर प्रचलनमा ल्याउनु उपयुक्त हुने उल्लेख छ । यसैगरी बजारको आवश्यक्ता पहिचानका लागि बजार अनुसन्धान र बीमालेख सम्बन्धि अनुसन्धान कार्य सञ्चालन गर्न नवप्रवर्तन प्रयोगशाला९इनोभेशन ल्याब० को स्थापना गर्न समेत युएनडिपिले सुझाएको छ।

Esewa
Crest

बजार संभाव्यता र बजारको आकार सहितको चित्र प्रस्तुत हुने गरी महिला, लघु उद्यमीलगायतका लक्षित ग्राहक समूहबीच वृहद अनुसन्धान सञ्चालन गर्न समेत प्रतिवेदन मार्फत् सुझाव दिइएको छ।

नेपाल सरकारले वित्तीय क्षेत्र सुधारका लागि दातृ संस्थाहरूबाट सशर्त ऋण र अनुदान सहयोग लिइ रहेकाले विश्व बैंक तथा युएनडिपि लगायतका दातृ संस्थाको प्रतिवेदनमा उल्लेखित सुझावहरूलाइ प्राथमिकताका साथ लागू गरि रहेको छ।

यूएनडिपिले नै तयार पारेको नेपाल वित्तीय समावेशिता प्रतिवेदन २०२३ मा समेत बजार मागको आधारमा सस्तो बीमाशुल्कमा उपलब्ध हुनसक्ने बीमालेख बिक्रीमा ल्याउन सुझाइएको छ। साथै बीमामा सर्वसाधारणको पहुँच बिस्तारका लागि नियमित र लक्षित बीमा सम्बन्धित जागरण अभियान सञ्चालन गर्न समेत भनेको छ ।

प्रतिवेदनमा नेपालको बीमा क्षेत्रमा अधिकांश सरकारी बाध्यकारी प्रावधानका कारण बीमाको प्रभाव देखिएको उल्लेख गर्दै सरकारी स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा कार्यक्रम सघन नभएको र सबैको पहुँचमा समेत नरहेको टिप्पणी गरिएको छ ।

उपभोक्ताहरूबीच बीमा सम्बन्धि जागरणको अभाव, बीमाको लाभ बिस्तारमा ठूलो चुनौतीका रूपमा उल्लेख गरिएको छ। जागरणको अभावमा नेपालमा पारिवारिकस्तरमै जोखिम व्यवस्थापन गर्न सकिने उपायका रूपमा नभइ खर्चका रूपमा बीमामा लिने गरिएको छ। बीमा अभिकर्ताहरू पूर्णरूपमा शिक्षित नहुँदा बोनश दर र कमिशनका भरमा व्यापार गरिरहेकाले अझैपनि सर्वसाधारणले बचत र कर्जालाइ नै वित्तीय आवश्यक्ता पुरा गर्ने माध्यमका रूपमा अपनाउनुपरेको प्रतिवेदनमा औंल्याइएको छ ।

बीमा कम्पनीका बीमा योजनाहरू समान विशेषताका छन् । नयाँ ग्राहक आकर्षित गर्न बीमा कम्पनीहरूले ग्राहक र लक्षित समूहको आवश्यक्तालाई बेवास्ता गर्दै उही पुरानै विशेषताका बीमालेखहरू बिक्री गरिरहेका छन् ।

न्यून जनचेतनाका साथै बीमा सेवाको बिस्तारका लागि आवश्यक पूर्वाधारको अभाव पनि बीमाको बिस्तारमा बाधक रहेको छ । स्वास्थ्यकर्मी, जेटिए र मौसम मापण केन्द्रहरूको स्थापनाले बीमा सेवालाइ ग्रामीण क्षेत्रसम्म बिस्तार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । यसका साथै सूचना प्रविधिको प्रयोग पनि बीमा क्षेत्रको लागि चुनौतीका रूपमा रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS