IME Life New

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो शोरुम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनकपुरमा ‘बेलाको’को दोस्रो शोरुमको उद्घाटन कांग्रेसका नेता विमलेन्द्र निधिले गरेका छन्। बेलाको ब्राण्डका दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री शाखाको उद्घाटनसँगै मधेसमा विक्री वितरण सुरु भएको बेलाको होम अप्लायन्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अब्दुल बासिदले जानकारी दिए।

होम अप्लायन्सेसले जनकपुरमा नयाँ शाखा विस्तार गरेर मधेसका बासिन्दालाई उत्कृष्ट उत्पादन उपलब्ध गराउन थालनी गरेको बासिदाको भनाइ छ। ‘आज हामीले नयाँ शाखा उद्घाटन मात्र गरेका छैनौँ, मधेसका बासिन्दाहरुसँग जोडिन गइरहेका छौँ’, उनले भने, ‘समुदायहरूलाई जोड्ने पुलको काम बेलाको ब्राण्डले गर्दैछ। तपाईंहरुको ढोकाढोकामा पुगिरहेका छौँ।’

Esewa
Crest

सीईओ बसिदले बेलाको होम अप्लायन्सेस एउटा ब्रान्ड मात्र नभएर एउटा सबैको मनमुटुमा बस्ने प्रोडक्ट भएको दावी गरे। ‘बेलाको ब्राण्ड प्रयोग गर्ने हरेक परिवारका सदस्यले हाम्रा सामाग्रीमा उत्कृष्टता, गुणस्तर र नवीनताको अनुभूति गर्ने छन्। सही सामग्री खरिद गरेकोमा उहाँहरूलाई गौरवानुभूति हुनेछ’, उनले भने।

जनकपुरमा पाइला चाल्दा आफूहरू विश्वसनीयताको विरासत र भविष्यको लागि एउटा भिजन बोकेर आएको उनले बताए। देशमा केही गर्नैपर्छ भन्ने हुटहुटीलाई आफ्नो मातापिताले हौसला दिँदा आफू गृहनगरमै बेलाको दोस्रो शोरुम स्थापना गर्न सफल भएको उनले बताए। उनले बेला ब्राण्डको निकट भविष्यमा नेपालमा उत्पादन गर्नेसम्मको तयारी आफूले गरेको भन्दै आफू ब्राण्ड प्रोमोसनमा मात्रै नेपाल आएको नभई युवाहरुलाई हौसता दिन पनि आएको बताए। नेपालमा लगानीको वातावरण नभए पनि देशभित्रै केही गर्न सकिन्छ भन्ने सन्देश युवाहरुलाई प्रवाह गर्न चाहेको उनको भनाइ छ।

बसिदले नेपालमा विदेशी लगानी भित्र्याउन अझै पनि समस्या रहेको धारणा राख्दै यसमा सुधारको जरुरी रहेको धारणासमेत राखे।

यस्तै कार्यक्रममा गैरआवासीय नेपाली संघको युरोप संयोजक चिन्तामणि सापकोटाले जस्तो सुकै परिस्थितिमा पनि एनआरएनएले देशको हितमा मात्रै सोच्ने धारणा राख्दै सोहीअनुसार लगानी पनि भित्र्याइरहेको धारणा राखे। नेपालमा ढुंगामुढा गर्ने राजनीतिक दलले भन्दा विदेशमा भाँडा माझ्ने गैरआवासीय नेपालीलाई देशका माया हुने पनि उनले धारणा राखे।

कार्यक्रममा कांग्रेस नेता निधिले नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई आग्रह गरे। उनले बासिदले गरेको लगानी नेपालमा उदाहरणीय भएको धारणा राख्दै नेपालमा रोजगारीको सिर्जना गर्दै आर्थिक समृद्धिमा लाग्नुपर्नेमा धारणा राखे।

बेलाकोका कन्ट्री हेड लक्ष्मण सापकोटाले बेलाको ब्राण्डमा ४३ थरीका सामानहरु उपलब्ध रहेको बताए। उनले सामग्री टिकाउ र भरपर्दो रहेको भन्दै ढुक्क भएर खरिद गर्न आग्रह गरे। बासिदले नेपालमा करिब २५ करोडको लगानी बेलाकोमा गरेको बताइएको छ। उनको कम्पनीमा करिब ४५० कार्यरत रहेका छन्।

बेलाको ब्राण्डका सामग्री तथा उपकरणहरु बेलायत र कतारमा निकै लोकप्रिय छन्। दुई मुलुकको लोकप्रियताले हौसिएर आफ्नै देशमा बेलाका उपकरणहरु उपलब्ध गराउन थालेको प्रमुख कार्यकारी अधिकृत बासिदले बताए। बेलाको टेलिभिजन, रेफ्रिजेरेटर, एयर कन्डिसनर, पेष्ट फ्रिजर, गिजर, हिटरलगायतका घरायसी प्रयागका सामग्री उत्पादन गर्दै आएको छ। बेलाको ब्राण्ड प्रवर्धनका लागि ब्राण्ड एम्बसहरमा प्रदीप खड्का रहेकाको अध्यक्ष हाजी मोहम्मद इस्राइलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS