IME Life New

नेपालमा बढ्यो यूपीआईको प्रयोग, ६ महिनामै १ लाख बढी ट्रान्जेक्सन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा भारतको यूपीआई प्रयोग बढ्न थालेको छ। नेपालमा प्रयोग गर्न थालिएको ६ महिनामै १ लाखभन्दा बढी क्रस बोर्डर यूपीआईबाट कारोबार भएको छ।

भारतको एनआईपीएलले नेपालको फोनपेसँग मिलेर यो सेवा गत मार्चबाट सुरु भएको हो। एनआईपीएल नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)को एउटा अन्तर्राष्ट्रिय शाखा हो। एक दिनअघि मात्रै माल्दिभ्समा पनि यूपीआईको प्रयोगलाई लिएर भारतसँग सम्झौता भएको छ। अब माल्दिभ्समा यूपीआईबाट कारोबार गर्न सकिन्छ।

Esewa
Crest

नेपालमा भएको सम्झौताबमोजिम भारतीयले यूपीआईको माध्यमबाट कुनै पनि मर्चेन्टलाई भुक्तानी गर्न सक्छन्। नेपाल आउने विदेशी पर्यटकमध्ये भारतीय धेरै हुने गरेका छन्। यही कारणले नेपालमा यूपीआईबाट हुने कारोबार निकै बढेको छ।

यसैगरी भारतमा जाने नेपालीले पनि यूपीआईको प्रयोगबाट भुक्तानी गर्न सक्छन्। भारतको कुनै पनि स्टोर, यात्राका टिकट बुकिङ, अनलाइन सपिङ, इन्टरटेन्टमेन्ट, होटललगायतमा यूपीआईको प्रयोग गर्न सकिन्छ। यूपीआई प्रयोगमा अतिरिक्त शुल्क लाग्दैन।

एनआईपीएलले नेपालमा कार्ड सुरु गर्न नेपाल एसबीआई बैंकलाई सहयोग गरेको छ। यसले दुवैको सीमा पार वित्तीय लेनेदनमा अझै बढ्ने विश्वास गरिएको छ।

हाल यूपीआईको प्रयोग नेपालका साथै भुटान, मोरिसस, सिंगापुर, फ्रान्स, श्रीलंका र यूएईमा पनि भइरहेको छ। अब यो लिस्टमा माल्दिभ्स पनि समावेश भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS