IME Life New

नेपालमा पुनः उडान शुरू गर्ने घोषणा गरेको एयर एशियाले पायो रू ५९ अर्ब ऋण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पुनः हवाई सेवा शुरू गर्ने घोषणा गरेको मलेशियाली वायू सेवा कम्पनी क्यापिटल ए बरहाडले एयर एशियाका लागि ४४ करोड ३० लाख अमेरिकी डलर(५९ अर्ब ५४ करोड ४५ लाख रूपैयाँ) का लागि ऋण पत्रसम्बन्धी सम्झाैता गरेको छ।

यो ऋण पत्रबाट प्राप्त ऋण पूँजीले एयर एशियालाई विश्वव्यापी कोरोना महामारीको चुनाैति पञ्छाउँदै वित्तीयरूपमा अझै बलियो र लचिलो बन्न मद्दत गर्ने विश्वास क्यापिटल ए बरहाडले गरेको छ। यसको वित्तीय स्थितिलाई सुदृढ पार्ने र वायूसेवा व्यवसायको वृद्धिलाई तीब्र पार्ने निरन्तर प्रतिबद्धतामा महत्वपूर्ण कदम हो। यो वित्त पोषणले विश्वव्यापी महामारीबाट उत्पन्न चुनौतीहरू पछ्याउँदै अझ बलियो र लचिलो बन्न एयर एशियाको यात्रामा एउटा महत्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गर्दछ।

Esewa
Crest

दुई प्रमुख निजी कर्जा कोषहरू, एरेस म्यानेजमेन्ट कर्प र इन्डिज क्यापिटल पार्टनरहरूले २० करोड डलर ऋण प्रदान गर्नेछन् । यो ऋणले कोरोना महामारीको समयमा थन्काइएका विमानलाई पुनः सञ्चालनमा ल्याउन रणनीतिकरूपमा प्रयोग गर्ने घोषणा क्यापिटल ए बरहाडले गरेको छ। यसबाहेक थप २४ करोड ३० लाख अमेरिकी डलर ऋण रकम स्टिङ एयरक्राफ्ट बहालमा उपलब्ध गराउने कम्पनीद्वारा सकार गरिएको छ। यो ऋण रकम एयर एशियाको वासलातलाई थप सुदृढ गर्दै, बहालवापतको पुराना बक्याैता सहितका दायीत्व पुरा गर्न उपयोग गरिनेछ।

क्यापिटल ए बरहाडका प्रमुख कार्यकारी अधिकृत टोनी फर्नान्डिसले ऋणपत्र सम्झाैतबारे घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भने, “यो ऋणपत्र सुरक्षित गर्नु हाम्रो लागि ठूलो उपलब्धि हो, यसले हाम्रो दृष्टिकोण र भविष्यमा लगानीकर्ताको ठूलो विश्वासलाई प्रतिबिम्बित गर्दछ। ऋण पत्र सम्झाैता सम्बन्धि दस्तावेजहरू बुर्सा मलेशिया(धितोपत्र बोर्ड) मा पेश गरिएको छ । त्यहाँबाट स्वीकृति प्राप्त भएपछि दुई अविश्वसनीय कम्पनीहरूको उदय देख्नेछौं – क्यापिटल ए र एयरएशिया समूह – यी दुबै पिएन १७ को स्थितिबाट मुक्त हुनेछन्।”

मलेशियाको धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूमध्ये वित्तीय संकटमा फँसेको वा मुख्य कारोबार नै नभएको वा न्यूनत्तम शेयर पूँजी(चुक्ता पूँजीको २५ प्रतिशत) पुर्‍याउन नसक्ने कम्पनी पिएन १७ मा वर्गिकृत गरिन्छ र शेयर कारोबारमा रोक लगाइएको हुन्छ।

बजेट एयरलाइन्स अर्थात् तुलनात्मकरूपमा सस्तो हवाई सेवा सञ्चालन गरिरहेको एयर एशियाले आगामी असोज महिनादेखि भैरहवा र काठमाडाैंबाट थाइल्याण्डका लागि दुईतर्फी उडान सेवा शुरू गर्दैछ। यसअघि वित्तीय संकटमा परेका कारण यो एयरलाइन्स अन्तर्गतको थाइ एयर एशियाले २०७५ असोजदेखि नेपालमा उडान बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS