IME Life New

नेपालमा एक्चुअरीयल साइन्स अध्ययन गरेका तीन विद्यार्थीले पाए बहुराष्ट्रिय कम्पनीमा काम गर्ने अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा एक्चुअरीयल साइन्स पढेका विद्यार्थीहरुले छिमेकी देशमा काम पाउन थालिसकेका छन् । त्रिभुवन विश्वविद्यालयको गणित विज्ञान स्कुलबाट एक्चुअरी विषयमा स्नातक तह उर्तिण गरी चार वटा प्रोफेशनल पेपर उर्तिण गरिसकेका सात जना नेपाली विद्यार्थीहरुले मुम्बाई स्थित ग्लोबल रिस्क कन्सल्टेन्सीमा अनलाइन मार्फत अन्तवार्ता दिएकोमा तीन जना छानिएका हुन् । गणित विज्ञान स्कुलका ऋचा ढकाल, सन्तोष लामिछाने र रुषतम लवाजु छानिएका छन् । यस अगाडी ढकाल र लवाजु नेपालको बीमा नियमन गर्ने नियमनकारी निकाय बीमा समितिमा ट्रेनी एक्चुअरीको रुपमा कार्यरत थिए । त्यस्तै, लामिछाने प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा रिसर्च एण्ड प्रोडक्ट डेभलपमेन्ट हेडको जिम्मेवारी सम्हालेका थिए ।

२०७८ सालमा एक्चुअरीयल विषयमा स्नातक गरेका यी तिनै जना विद्यार्थीहरुले छोटो समयमा नै प्रगति गर्न सफल भएका छन् । छनोट भएका तीन जनामध्ये दुई जना ढकाल र लामिछानेले सो कम्पनीको मुम्बई अफिसमा सिनियर म्यानेजर र लवाजुले सो कम्पनीको कन्ट्रि म्यानेजरको रुपमा नेपालमा कार्य गर्ने गरी नियुक्ति लिई मुम्बाईमा ट्रेनिङ गरिरहेका छन् । शैक्षिक योग्यता, प्रोफेशनल पेपर र अनुभवका आधारमा क्यालकुलेशन गरी निकै आकर्षक तलव भुक्तानी गर्ने गरी नियुक्त गरेको सो संस्थाका प्रमुख ल्यागत खानले जनाएका छन् ।

Esewa
Crest

वि.स २०७३ साल मंसिरबाट नेपालमा पहिलो पटक औपचारिक रुपमा एक्चुअरीयल साइन्स विषयको पठन पाठन शुरु भएको थियो । जुनसुकै संकायबाट कक्षा १२ वा सो सरहको परीक्षामा कम्तिमा एक पेपर गणित वा वाणिज्य गणित विषय लिई स्कुलले लिएको प्रवेश परीक्षाको मार्सिट लिस्टको आधारमा जम्मा ३६ जना विद्यार्थीहरुलाई भर्ना लिने गरेको कार्यक्रम संयोजक केशवराज फुलाराले जानकारी दिए । हाल स्कुलबाट दुई वटा ब्याजका विद्यार्थीहरु पास हाउट हुनुको साथै चार वटा ब्याजका विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

यस स्कुलबाट पासआउट भएका विद्यार्थीहरु के गर्छन भन्ने विषयमा फुलाराले भने पहलो ब्याजका २६ जना विद्यार्थीहरुमध्ये २५ जनाले स्नातक तह पास गरेको, १० जनाले प्रोफेशनल परीक्षामा १ देखि ७ पेपर पास गरेको, दुई जना फर्दर स्टडीजका लागि अष्ट्रिेलिया र अमेरिका गएको र करिब २० जना जति विद्यार्थीहरु नेपालका विभिन्न बीमा कम्पनीहरुमा कार्यरत छन् । साथै दोस्रो ब्याजका २४ जनामध्ये १५ जनाले स्नातक तह उर्तिण गरेका छन् । १० जनाले प्रोफेशनल परीक्षामा १ देखि ५ पेपर पास गरेका छन् भने १० जना विभिन्न कम्पनीका कार्यरत रहेको उनले बताए ।

एकातिर एक्चुअरीको अभावले नेपालका बीमा कम्पनीहरुले समयमा प्रतिवेदन तयार गर्न नसकेको अवस्थामा छन् भने अर्कोतिर एनएफआरएस प्रणालीमा प्रतिवेदन निकाल्नुपर्ने र विगतभन्दा चुक्ता पूँजी लगायत व्यवसाय समेत ठुलो आकारमा बृद्धि गर्नुपर्ने भएकाले अहिले बैंक तथा बीमा कम्पनीहरुमा एक्चुअरीयल को अभाव खड्किएको छ । साथै नागरिक लगानी कोष,कर्मचारी संचय कोष  सामाजिक सुरक्षा कोषमा समेत यसको प्रभाव पर्नेछ । भारतबाट केही दिनको लागि नेपाल आएर यहाँका बीमा कम्पनीहरुको वित्तीय प्रतिवेदन तयार गर्ने परम्परा विगतदेखि चल्दै आएकोमा नेपालबाटै एक्चुअरी पढेर भारतमा काम गर्न थालेको यो पहिलोपटक भएकोमा गर्व महसुस गर्नुका साथै भविष्यमा यस संस्था बढ्नेमा विश्वस्त रहेको फुलाराले बताए ।

अहिले नेपालमा १४५ जनाले एक्चुअरीयल पढदै गरेको र ४२ जनाले विभिन्न प्रोफेशनल संस्थाबाट एकदेखि ७ पेपर पास गरेकोमा अबको ३ ४ वर्षमा नेपालबाटै एक्चुअरीको संस्था बढ्ने दाबी गणित विज्ञान स्कुलको रहेको छ । केही वर्ष अनुभव वटुलेर  प्रोफेशनल पेपर बढाएर एक्चुअरी बनेपछि नेपालमा नै आएर काम गर्ने सोच रहेको ऋचा दाहालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS