IME Life New

नेपालको लागि सार्वभौम क्रेडिट रेटिङ किन जरुरी छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । पहिलो पटक गर्न लागिएको नेपालको सार्वभौम क्रेडिट रेटिङ (सभरेन क्रेडिट रेटिङ) कार्य एक वर्ष भन्दा लामो अवधिदेखि अलपत्र परेको छ । अर्थ मन्त्रालयले सन् २०१९ को डिसेम्बर महिनामा अमेरिकी कम्पनी फिच रेटिङलाई नेपालको सार्वभौम क्रेडिट रेटिङको जिम्मा दिएको थियो ।

कोरोना महामारीको कारण सर्वेक्षणमा कठिनाई भएको भन्दै हालसम्म पनि रेटिङको काम शुरु भएको छैन । कोरोना महामारीको कारण आर्थिक स्थिति नाजुक बनेको र राजनीतिक स्थिरताका कारण क्रेडिट रेटिङ नआउने प्रबल संभावनाको कारण पनि क्रेडिट रेटिङबारे अहिले सरकारी अधिकारीहरु उदासिन छन् ।

Esewa
Crest

के हो सार्वभौमक्रेडिट रेटिङ ?
सार्वभौम क्रेडिट रेटिङले कुनैपनि देशले वैदेशिक ऋण चुक्ता गर्न सक्ने क्षमता कस्तो छ भन्ने यसले संकेत गर्छ । यसले सरकारी नीतिको विश्वसनीयता, संस्थागत, राजनैतिक र शासन व्यवस्था कतिको भरपर्दो र भविष्य पूर्वानुमान गर्न योग्य छ भन्ने जानकारी समेत दिन्छ । हाल विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीको कारण आएको आर्थिक मन्दीका कारण अधिकांश मुलुकको सार्वभौम क्रेडिट रेटिङ वर्गिकरण खस्किने जोखिम छ ।

फाइदा के छन् र?
सार्वभौम क्रेडिट रेटिङले नेपाल सरकार वा निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा ऋण पत्र जारी गर्न र ठूलो पूँजी जुटाउन सहज हुन्छ । अन्तर्राष्ट्रिय बजारमा ऋण पत्र जारी गरेर विकास निर्माणको लागी आवश्यक पूँजी जुटाउनको लागी संप्रभु क्रेडिट रेटिङ ज्यादै महत्वपूर्ण माध्यम हो ।

तर सार्वभौम क्रेडिट रेटिङको आलोचना पनि उत्तिकै हुने गरेको छ । क्रेडिट रेटिङ एजेन्सीले राम्रो सार्वभौम क्रेडिट रेटिङ घोषणा गरेको मुलुकहरु आर्थिक अवस्था टाट पल्टिएका उदाहरण पनि छ । केही वर्ष अघि यूरोपेली मुलुक ग्रीस आर्थिक रुपमा टाट पल्टिएको थियो । त्यसैगरी भारत सरकारले पश्चिमा मुलुकको क्रेडिट रेटिङ एजेन्सी निष्पक्ष हुन नसकेको भन्दै आलोचना गर्दै आएको छ ।

ऋण तिर्न सक्ने क्षमता रहेको भनिएको पछिल्लो समयमा अमेरिकी सरकार पनि नगद अभावको समस्याबाट गुज्रिरहेको छ । थप सरकारी ऋण उठाउनको लागी अमेरिकी सदनमा प्रस्तावित विधेयक अनुमोदन नभएमा अक्टोबर १८ अर्थात् १० दिनपछि अमेरिकी सरकारको हातमा खर्च गर्नको लागी कोष नै चेतावनी त्यहाँको कोष सचिवले गत साता नै घोषणा गरिसकेकी छिन् ।

कुनकुन सार्क मुलुकको रेटिङ भएको छ र?
दक्षिण एशियाली मुलुक(सार्क)मा अफगानिस्तान, भुटान र नेपालको सार्वभौम क्रेडिट रेटिङ भएको छैन । यी बाहेक भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान र माल्दिभ्सको सार्वभौम क्रेडिट रेटिग गरिएको छ । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीहरुले सार्वजनिक गरेको प्रतिवेदन अनुसार दक्षिण एशियाली मुलुकको सार्वभौम रेटिङ जोखिमपूर्ण नै छ ।

सार्वभौम क्रेडिट रेटिङकै कारण बंगलादेशी बहुर्राष्ट्रिय कम्पनी समूह प्रानले अन्तर्राष्ट्रिय बजारमा ऋण पत्र जारी गरेर ८० करोड बंगलादेशी टाका (करिब ९५ लाख अमेरिकी डलर) पूँजी जुटाएको छ । बंगला टाका बोण्ड नाम दिइएको यो ऋण पत्र लण्डन स्टक एक्चेन्जमा सूचीकृत भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS