IME Life New

नेपालको नयाँ नक्सा अंकित एक रुपैयाँको सिक्का छाप्न २ रुपैयाँ ४० पैसा पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नयाँ नक्सा अंकित एक रुपैयाँको सिक्का छाप्ने ठेक्का पोल्याण्डको मेनिस्का पोल्सका एसएले प्राप्त गरेको छ। नेपाल राष्ट्र बैंकले आह्वान गरेको ग्लोबल टेण्डबार पोल्सका छनोट भएको हो।

राष्ट्र बैंकले एक रुपैयाँको ३० लाख वटा सिक्का छाप्न थालेको छ। नेपाल सरकारले नयाँ नक्सा सहितको सिक्का छाप्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको थियो। सरकारको निर्देशन पछि राष्ट्र बैंकले आवस्यक प्रकृयाँ अगाडि बढाउने क्रममा प्रस्तवित टेण्डरबाट सबैभन्दा सस्तोमा बोलकबोल गर्नेलाई स्वीकृती दिएको हो।

Esewa
Crest

उक्त कम्पनीले ५१ लाख १५ हजार युरोमा डिजाइनिङ, माइनिङ र नेपालसम्म ल्याउने छ। यो नेपाली रुपैयाँमा परिवर्तन गर्दा ७२ करोड २३ लाख रुपैयाँ पर्न जान्छ। यसरी नेपाल राष्ट्र बैंकको रिसोर्स बाहेक एउटा सिक्काको लागि मात्रै २ रुपैयाँ ४० पैसा पर्न जान्छ। प्रचलनमा भने एक रुपैयाँको भ्यालु रहन्छ।

पछिल्लो समय सिक्काको दुरुपयोग भए पछि नेपाल राष्ट्र बैंकले छाप्न कम गरेको थियो। मानिसहरुले एक रुपैयाँको सिक्कालाई घरको छानामा काटी अड्याउन प्रयोग गर्न थाले पछि राष्ट्र बैंकले एकै पटक धेरै संख्यामा सिक्का वाहिर पढाउन छाडेको थियो। जसले गर्दा समय समयमा बजारमा सिक्काको अभाव हुने गरेको छ।

नेपाल सरकारले लिम्पियाधुरा र लिपुलेक सहितको नेपाली नक्सा सार्वजनिक गरेपछि यसलाई स्थापित गराउन पैसा तथा विभिन्न क्षेत्रमा राख्न निर्देशन दिदै आएको छ। पैसा धेरै लामोसमयसम्म रहने भएकाले चिनारीका लागि पनि यस्तो खर्च गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS