IME Life New

नेको इन्स्योरेन्समा विवादित खड्काले प्रमुख कार्यकारी पद सम्हाले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नियमनकारी निकाय बीमा समितिले नै अनैतिक र बीमा ऐनको उल्लंघन गरेको घटनाको संरक्षण गर्दै त्रुटीपूर्ण बीमा पोलिसी जारी प्रकरणमा संलग्न व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृत नियुक्ती गर्न स्वीकृति दिएपछि नेको इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले आजदेखि कार्यभार सम्हालेका छन् ।

Esewa
Crest

करिब २१ बर्षको बैंकिङ्ग अनुभव हासिल गरेकाका खड्का निमित्त सिईओ हुँदा कृषि विकास बैंकको बीमा गर्ने क्रममा त्रुटीपूर्ण बीमा पोलिसी जारी भएको थियो । कृषि विकास बैंकमा कोटेशनको क्रममा अजोड इन्स्योरेन्सले पेश गरेको कोटेशन अनुसार बीमा जोखिम बहन गर्ने भन्दै बीमा पोलिसी जारी गरेको र प्रिमियम नलिई भुकम्प तथा बाढी, हुरीको जोखिम बहन गर्ने प्रतिबद्धता व्यक्त गरेका कारण बीमा पोलिसी विवादित बनिरहेको छ ।

नेपालको चर्चित व्यापारी उपेन्द्र महतोको लगानी रहेको स्टाण्डर्ड फाईनान्स र माछापुच्छ्रे बैंकमा लामो समय काम गरेका खड्का विगत ५ वर्षअघि बीमा क्षेत्रमा फड्को मारेका हुन् । नेको इन्स्योरेन्स समेत महतो समुहकै लगानी रहेको कम्पनी हो ।

खड्कालाई साउन २२ गते अर्थात आजदेखि लागू हुने गरी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतिमा नियुक्त गर्ने सम्बन्धमा नेको इन्सुरेन्स लि.को संचालक समितिको ३६९औं बैठकबाट निर्णय गरिएको सो कम्पनीले जनाएको छ । कम्पनीका अनुसार खड्कालाई प्रमुख कार्यकारी नियुक्त गर्न बीमा समितिल २०७६।०४।१२ मानै स्वीकृती प्रदान गरेको सो बीमा कम्पनीले जनाएको छ ।

व्यवस्थापन विषयमा त्रि.वि.बाट स्नातकोत्तर गरेका खड्का २०५० सालदेखि तत्कालिन नेपाल ईण्डोस्वेज बैंकबाट आफ्नो बैंकिङ्ग करिअर सुरु गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैक, प्राइम कमर्शियल बैंक, स्ट्याण्डर्ड फाइनान्स, माछापुच्छ्रे बैंकको उच्च तहमा रहेर काम गरेका खड्का जोखिम व्यवस्थापनमा दक्ष मानिन्छन् । खड्का २०७१ सालदेखि नेको इन्सुरेन्समा सल्लाहकारका रुपमा प्रवेश गरेका हुन । नवनियुक्त सिईओ खड्का जोखिम व्यवस्थापनमा कुशल क्षमता भएका व्यक्ति भएको नेको इन्स्योरेन्सले बिज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS