IME Life New

नेको इन्स्योरेन्सको व्यापारमा सुधार, नाफा खुम्चियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको व्यापारमा सुधार गरेको भएपनि मुनाफा भने केही खुम्चिएको देखिएको छ । कम्पनीले आज मुनाफा खुम्चिएको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको पौष मसान्तसम्ममा १७ करोड तीन लाख १९ हजार हजार रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधीमा १६ करोड ४७ लाख ७१ हजार रुपैयाँ मात्रै मुनाफा आर्जन गरेको छ ।

Esewa
Crest

कम्पनीले व्यापारमा भने उल्लेख्य सुधार गरेको छ । कम्पनीले खुद बीमा शुल्क आर्जन १७ प्रतिशतले बृद्धि गर्दै ७० करोड ९९ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले जम्मा ६० करोड ३१ लाख २५ हजार मात्रै आर्जन गरेको थियो । त्यसैगरी कम्पनीको कूल बीमा शुल्क समेत बृद्धि भएको छ । गत आवको छ महिनामा ९७ करोड ९७ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको छ महिनामा एक अर्ब १५ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीले बीमा व्यवसायलाई विस्तार गरेपनि मुनाफामा भने सामान्य मात्रै खुम्चिएको हो । त्यस्तै कम्पनीको बीमा कोष, जगेडा कोष तथा महाविपत्ति कोषमा गरी एक अर्ब १५ करोड १६ लाख ६५ हजार रुपैयाँ जम्मा गरेको छ ।
कम्पनीले समीक्षा अवधीमा कम्पनीको अन्य सूचांकमा प्रतिशेयर आम्दानी २५ रुपैयाँ ०१ पैसा, पिई अनुपात १६ रुपैयाँ ७९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS