IME Life New

निष्कृय कर्जा अनुपात बढेपछि भुटानमा सरकारी बीमा कम्पनीको कर्जा लगानीमा रोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। भुटानको केन्द्रीय बैंक, शाही मौद्रिक प्राधिकरणले वित्तीय स्थायीत्व कायम गर्नका लागि बीमा कम्पनीसहित तीनवटा वित्तीय संस्थाको ऋण लगानी निलम्बनलाई निरन्तरता दिएको छ।

निजी क्षेत्रका ठेकेदार र सदस्यले सरकारले हस्तक्षेप गरी निलम्बन फुकुवा गर्नुपर्ने माग गरेका थिए। तर, प्रधानमन्त्री डा. लोटे छिरिङले निलम्बनमा कारबाही गर्ने अधिकार सरकारसँग नभएको प्रतिकृया दिएका छन् । भुटानी अर्थमन्त्रीले आफ्नो निर्णय पुनर्विचार गर्न प्राधिकरणलाई तीन पटक पत्र समेत लेखेको भएपनि वित्तीय क्षेत्रको सुधारको लागि ऋण लगानी निलम्बनको कारवाही अनिवार्य भएको स्पष्टीकरण केन्द्रीय बैंकले दिएको छ।

Esewa
Crest

गत मे १३ मा रोयल इन्स्योरेन्स कर्पोरेशन अफ भुटान लिमिटेड, भुटान विकास बैंक लिमिटेड, र राष्ट्रिय घरेलु तथा साना उद्योग विकास बैंकको उच्च निष्कृय कर्जाका कारण बैंक ग्यारेन्टी सहितको नयाँ ऋण स्वीकृत गर्न केन्द्रीय बैंकले रोक लगाएको थियो।

९० दिनभन्दा बढी ऋणको किस्ता तिर्न नसक्ने ऋणवापतको रकम निष्कृय कर्जा हो।निष्कृय कर्जा अनुपात भनेको कुल कर्जा लगानीमा निष्कृय कर्जाको अनुपात हो।
भुटान विकास र रोयल इन्स्योरेन्सको निष्कृय कर्जाको अनुपात केन्द्रीय बैंकको अधिकतम ‌सीमा७.५ प्रतिशत छ। घरेलु तथा साना उद्योग विकास बैंकको लागि सीमा ५ प्रतिशत छ।

भुटान विकासको सेप्टेम्बरमा ९.२ प्रतिशत रहेको थियो। आगामी डिसेम्बरसम्ममा ७.५ प्रतिशत र २०२३ सम्ममा ५ प्रतिशतमा झार्नु पर्नेछ। बैंकले नयाँ ऋण जारी गर्नको लागि, २०२३ सम्म निष्कृय कर्जा अनुपात ३ प्रतिशतमा झार्नुपर्छ ।
त्यस्तै, घरेलु विकास बैंकको २०२२ मार्चमा ११ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात जुन महिनामा सुधार भएर ९ प्रतिशत झरेको छ ।

अनुगमनका क्रममा केन्द्रीय बैंकले तीन वित्तीय संस्थाहरूको सुशासन प्रक्रियामा धेरै त्रुटीहरू, गैर-अनुपालन र धेरै कमजोरीहरू उजागर गर्दै, तोकेको विवेकपूर्ण स्तरभन्दा बाहिरको निष्कृय कर्जा अत्यधिक र जोखिमपूर्ण लगानी भएको फेला पारेको थियो।

केन्द्रीय बैंकले विगतका अभ्यास जस्तै प्राधिकरणले जारी गरेको आवश्यक मापदण्ड पूरा गर्न वित्तीय संस्था असफल भएको र वित्तीय संस्थाले देशको वित्तीय प्रणालीको समग्र सुदृढताका लागि तोकिएका नियम र दिशानिर्देशको अवहेलना गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS