IME Life New

निषेधाज्ञामा बीमा समितिको पाँच बुँदे निर्देशन, अभिकर्ता र सर्भेयरको नविकरण गर्ने म्याद थपियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सबै बीमा कम्पनीहरुलाई आज पाँच बुँदे निर्देशन जारी गर्दै स्थानीय प्रशासनले घोषणा गरेको निषेधाज्ञा अवधीमा भोलिबाट एक तिहाई कर्मचारीबाट दैनिक कार्यालय सञ्चालन गर्न निर्देशन जारी गरेको छ । बीमा समितिले कर्मचारीलाई फोटो सहितको परिचय पत्र लगाएर कार्यालय आऊ–जाऊ गर्न भनेको छ ।

त्यस्तै बीमा समितिले निषेधाज्ञा अवधीमा समाप्त हुने बीमा पोलिसी आगामी भदौं १५ गतेसम्म कायम रहने र आगामी भदौं १५ सम्म बीमा शुल्क बुझाउँदा सो मा ब्याज नलाग्ने व्यवस्था गर्न समेत जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

Esewa
Crest

बीमा समितिले बीमा अभिकर्ता तथा सर्भेयरको लाईसेन्स नविकरण गर्ने म्याद समेत थप गर्ने निर्णय गरेको छ । बीमा समितिद्वारा आज जारी निर्देशनमा सर्भेयर, बीमा अभिकर्ताको लाईलेन्सको नविकरण गर्ने म्याद थप गरी भाद्र मसान्तसम्म कायम गर्ने र भाद्र मसान्तसम्म नविकरण गर्दा जरिवना नलिने निर्णय गरिएको छ ।

त्यसैगरी, निर्जिवन बीमा कम्पनीहरुले विद्युतीय माध्यमबाट समेत बीमा दावी भुक्तानीको लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ । साथै निर्जिवन बीमा पोलिसी निषेधाज्ञा अवधीमा समाप्त भएमा विद्युतीय माध्यमबाट म्याद थप गर्न पत्र प्राप्त भएमा त्यस्तो बीमालेख भाद्र १५ गतेसम्मको अवधी कायम गर्ने व्यवस्था मिलाउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS