IME Life New

निर्धन उत्थान लघुवित्तको व्यवसायिक बेमौसमी तरकारी खेती तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले “व्यवसायिक बेमौसमी तरकारी खेती तालिम” को आयोजना गरेको छ । लघुवित्तको शाखा कार्यालय नवलपुर, सर्लाहीले ३६ जना ग्राहक सदस्यहरूको सहभागितामा चैत २४ गतेदेखि २६ गतेसम्म “व्यवसायिक बेमौसमी तरकारी खेती तालिम” सम्पन्न हो ।

लालबन्दी नगरपालिका १ का वडाअध्यक्ष पञ्चलाल स्याङ्गबोको प्रमुख आतिथ्यता, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गैरवजारका शाखा प्रमुख राज कुमार वाइबा, ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड नवलपुर सर्लाहीका व्यवस्थापक रोहित भट्टराई, निर्धन उत्थान लघुवित्त क्षेत्रीय कार्यालय बर्दिबासका क्षेत्रीय प्रमुख परमेश्वर चौधरीको आतिथ्यमामा कार्यक्रम शुभारम्भ गरिएको थियो । उक्त तालिमलाई लालबन्दी नगरपालिकाका कृषि शाखाका रेसा राई, मिरा गोले र सविता स्याङ्गतानले प्रशिक्षण दिएका थिए ।

Esewa
Crest

कार्यक्रममा प्रमुख अतिथि पञ्चलाल स्याङ्गबाले संस्थाले लघुवित्त सेवाको साथसाथै सदस्यहरूलाई सीप तथा उद्यमशीलता विकास तालिम दिई व्यवसायी बनाई रोजगारी र आयआर्जनमा बृद्धि गर्न सहयोग पुर्याइएकोमा खुशी व्यक्त गरेका थिए । लक्ष्मी लघुवित्तका शाखा कार्यालय गैरवजारका शाखा प्रमुख राज कुमार वाइबा लक्षित वर्गमा वित्तीय सेवा मात्र नभई महिला सशक्तीकरणमा लघुवित्त कार्यक्रम प्रभावकारी रहेको बताए ।

उक्त तालिममा पशुपालक १ जना कृषकहरूलाई प्रमुख अतिथिबाट पशु बिमा क्षतिपुर्ति समेत हस्तातरण गरिएको थियो । साथै छात्रवृति कार्यक्रम अन्तर्गत डा। हरिहरदेव पन्थ स्मृति छात्रवृति सदस्यहरूका छोराछोरी मध्ये १ जनालाई प्रमुख अतिथिबाट छात्रवृति समेत हस्तातरण गरिएको थियो ।

तालिममा तरकारी खेती व्यवसाय एक परिचय, नेपालमा तरकारी खेतीको आवश्यकता, महत्व र वर्तमान स्थिति, तरकारीका बिभिन्न जातहरूको जानकारी, हिउँदे तरकारी खेती प्रविधि काउली, बन्दा, ब्रोकाउली र गाँठ गोबी , करेसाबारीको परिचय र महत्व, साथै टमाटर, भन्टा, खुर्सानी, भिन्डी खेती प्रविधि, तरकारी बालीमा लाग्ने रोग तथा कीराहरूको जानकारी तथा बिषादी ब्यवस्थापन, लहरे तरकारी खेती प्रविधि लौका, काक्रो, फर्सी, करेला, घिरौला, जरे तरकारी मुला, गाजर, सलगम र कोसे तरकारी सिमि, बकुला, बोडी, केराउ खेती प्रविधि, साग बाली खेती र बेमौसमी तरकारी खेती प्रविधि, करेसाबारीको परिचय र महत्व, साथै टमाटर, भन्टा, खुर्सानी, भिन्डी खेती प्रविधि माटो ब्यबस्थापन, तरकारी बालीमा उचित पोष्ट हार्भेष्ट, बेचबिखन कसरी बढी मूल्य पार्ने तथा बजार ब्यवस्थापन बारे प्रशिक्षकरूले सहजिकरण गरेका थिए ।

निर्धन उत्थान लघुवित्त ७७ वटै जिल्लाहरूमा शाखा सञ्जाल रहेको लघुवित्त वित्तीय संस्था हो । संस्थाले १८१ वटा शाखा कार्यालयहरू, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालय मार्फत करिव ४ लाख लघुउद्यमीहरूलाई लघुवित्त सेवा प्रदान गरिरहेकोे छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS