IME Life New

निर्धन उत्थान लघुवितद्धारा मृतकको परिवारलाइ बीमा रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । निर्धन उत्थान लघुवित वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पाचंकन्या धरान सुनसरीले बीमा क्षतिपूर्ति रकम वितरण गरेको छ ।

सस्थाले केराबारी गाउँपालिका ६ सानोराङ्चामा गठन भएको सानोराङ्चा महिला स्वावलम्बी समुहकी सदस्य कृष्णमाया मगरको मृत्यू पश्चात उहाँका श्रीमान पूर्ण बहादूर आले मगरलाई बीमा क्षतिपूर्ति रकम वितरण गरेको हो ।

Esewa
Crest

केराबारी गाउँपालिका वडा नं ६ का वडा सदस्य मेघराज राईले मृतकका श्रीमान पूर्ण बहादूर आले मगरलाई विमा वापतको रकम रु १ लाख ४० हजार रुपैया प्रदान गरेका हुन् ।

वडा सदस्य मेघराज राईले ग्रामिण कर्जा बिमा कार्यक्रम अत्यन्तै प्रभावकारी रुपमा संचालन गरेको साथै लघुवित्त संस्थाले स्थानिय महिलाहरुको समूह बनाई उक्त समूह मार्फत विना धितो कर्जा प्रवाह गर्दै उनीहरुको जिवनस्तरमा सुधार गरेकोमा प्रशंसा गरे ।

संस्थाका अनुसार समुहका सदस्यले कर्जा लिए बापत बैंकको बीमा नियम अनुसार सदस्यको कालगतीमा मृत्यूुभएमा १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यू भए २ सय प्रतिशत साथै सदस्यको श्रीमानको मृत्यु भएमा १४ हजार क्षतिपूर्ति रकम दिने व्यवस्था गरिएको शाखाका कर्मचारी चुडामणी पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS