IME Life New

निर्देशनको अवज्ञा गरेपछि भारतीय बीमा कम्पनीलाई रु. ५ करोड जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा नियामक र विकास प्राधिकरणले मापदण्डहरुको उल्लंघन गरेको भन्दै दुईवटा बीमा सेवा प्रदायक कम्पनीलाई झन्डै पाँच करोड रुपैयाँ जरिवाना गरेको छ।

प्राधिकरणले बजाज फाइनान्सलाई भारु २ करोड (३ करोड २० लाख नेपाली रुपैयाँ) र एगोन लाइफ इन्स्योरेन्स (अहिले बन्धन लाइफ भनेर चिनिन्छ)लाई भारु १ करोड (१ करोड ६० लाख नेरु) जरिवाना गरेको हो।

Esewa
Crest

बजाज फाइनान्सले कमिसन र पेसागत दस्तुरको एकीकृत विवरण पेस गर्दा प्राधिकरणलाई बुझाएको विवरणमा ढाँटेकोमा भारु १ करोड जरिवाना गरेको हो। यसैगरी ग्राहकबाट प्राप्त कागजपत्रको अभिलेखिकरण उपयुक्त तरिकाले नगरेकोमा थप भारु १ करोड जरिवाना गरेको छ। बजाज फाइनान्सले बीमा दलालका रुपमा बीमासम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

बिजनेस स्ट्यान्डर्डका अनुसार मुद्रा निर्मलीकरण नियन्त्रणसम्बन्धी परिपत्रका केही प्रावधान उल्लंघन गरेकोमा एगोन लाइफ इन्स्योरेन्स (बन्धन लाइफ) लाई भारु एक करोड जरिवाना गरिएको प्राधिकरणले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS