IME Life New

निर्जीवन बीमा कम्पनीहरुको व्यापार २० अर्ब माथि, शिखर र सगरमाथाको अग्रता कायमै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल संचालनमा रहेका २० मध्ये १९ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ८ महिनाको अवधिसम्ममा २० अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको बीमाशुल्क भने समितिले तथ्याङ्कमा समावेश गरेको छैन ।

बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी शिखर इनस्योरेन्स रहेको छ । कम्पनीले फागुण मसान्तसम्ममा २ अर्ब ६८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Esewa
Crest

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस अवधिसम्ममा १ अर्ब ७७ करोड रुपैयाँ रहेको छ।तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

बीमा समितिको तथ्याङ्क अनुसार सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ५७ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ४६ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब २६ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब रुपैयाँ, आइएमई लाइफले १ अर्ब रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले ९४ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले ९२ करोड रुपैयाँ र अजोड इन्स्योरेन्सले ८९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, नेपाल इन्स्योरेन्सले ८४ करोड रुपैयाँ, यूनाईटेड इन्स्योरेन्सले ७४ करोड रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले ७३ करोड रुपैयाँ, एभरेष्ट इन्योरेन्सले ६७ करोड रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले ६० करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ५५ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले ४७ करोड रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले  ३९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Source :Beema Samiti

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS