IME Life New

निफ्राले नेप्सेलाई दियो स्पष्टिकरण, सञ्चार माध्यममा आएका सबै योजना पुर्व घोषित विषय हुन्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर बैंकले नेपाल स्टक एक्सचेन्जलाई स्पष्टिकरण दिएको छ । अनलाइन मिडियामा आएका समाचार अनुसार बैंकले ३० मिलियन डलरको बण्ड ल्याउने र लण्डन स्टक एक्सचेन्जमा सूचिकृत हुने विषय प्राथमिक शेयर निष्काशन गर्नु अगाडिकै विषय भएको भन्दै स्पष्टिकरण दिएको छ ।

बैंकले ३० मिलियन डलरको वण्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको र बैंकले आफ्ना वार्षिक प्रतिवेदनहरु र साधारण शेयर निष्काशनको लागि तयार गरिएको विवरणपत्रमा समेत यस अघि नै खुलस्त पारिसकेको विषय भएको उल्लेख गरेको छ । नेपाल स्टक एक्स्चेन्जमा बैंकको शेयर सूचिकरण हुनु अगावै वण्ड जारी गर्न प्रचलित व्यवस्था बमोजिम बैंकले सम्बन्धित नियमनकारी निकायबाट लिनुपर्ने केही सहमती स्वीकृतिहरु लिईसकिएको जनाएको छ । साथै, यसलाई अन्तिम रुप दिन चाहिने थप सहमती स्वीकृतिहरु लिदै यथासक्य छिटो तोकिएको व्याजदरमा वण्ड जारी गर्ने र सम्बन्धित स्टक एक्चेन्जमा सूचिकृत गराउने गरी बैक अघि बढिरहेको स्पष्ट पारेको छ ।

Esewa
Crest

लाभांशको सम्बन्धमा, बैंकले आफ्नो सार्वजनीक शेयर निष्काशनको क्रममा प्रकाशित गरेको विवरणपत्रमा आर्थिक वर्ष २०७७/७८ मा ८ प्रतिशत लाभाश वितरण गर्ने प्रक्षेपण रहेको जानाएको छ । लाभांस वितरण सम्बन्धी निर्णय संचालक समितिको बैठक, सम्बन्धित नियमनकारी निकायहरुको स्वीकृति एवं बार्षिक साधारण सभाको निर्णय मार्फत मात्र हुने हुँदा यस विषयमा सोही अनुरुप हुने नेप्सेलाई दिएको जवाफमा उल्लेख छ । ‍

बैकले दीर्घकालिन पूर्वाधार परियोजनाहरुमा लगानी गर्न मुलतः ऋणपत्र (बण्ड / डिवेञ्चर) जारी गरी स्रोत संकलन गर्ने मुख्य उद्देश्य लिएको छ । सोही अनुरुप जारी गर्ने ऋणपत्रहरुको प्रकृती तथा लगानीकर्ताका किसिम भिन्न भिन्न हुन सक्ने हुँदा यस बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु, इन्स्योरेन्स कम्पनीहरु लगायतका संस्थागत लगानीकर्ताहरुलाई उपयुक्त हुने ऋणपत्रहरु जारी गर्ने, संस्थागत लगानीकर्ता भित्र्याउने सम्बन्धमा प्रारम्भिक अध्ययन अगाडी बढाएको छ । साथै, यी विषयहरु बैंकले आफ्ना वार्षिक प्रतिवेदनहरु र साधारण शेयर निष्काशनको लागि तयार गरिएको विवरणपत्रमा समेत उल्लेख गरिसकिएको भन्दै नेप्सेलाई स्पष्टिकरण दिएको छ ।

बैंकको शेयर मुल्यमा प्रभाव पार्ने विषयहरुमा बैंक सजग रहेको हुँदा यस बैंकले गर्ने कार्यहरु तथा प्रदान गरिने सूचनाहरुको पहुँच सर्वसाधारण लगानीकर्ताहरु तथा यस संस्थासँग प्रत्यक्ष तथा परोक्ष रुपमा चासो राख्ने सम्पूर्णमा आधिकारिक रुपमा पुयाउने उद्देश्यले बैंकले ट्वीटर,  बैकको आधिकारिक इमेल,  सम्पर्क फोन नम्बर सहितको विवरण खुलाईएको भन्दै आफ्नो जवाफ नेप्सेलाई पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS