IME Life New

निजीकरणको बाटोमा भारतको यो सरकारी बैंक, एलआईसीको सबैभन्दा बढी हिस्सेदारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको सरकारी बैंक आईडीबीआई निजीकरणको बाटोमा लागेको छ। यो बैंकको सम्भावित ३ खरिदकर्ताको नाम पनि सार्वजनिक भइसकेको छ। ती ३ खरिदकर्तालाई फिट एन्ड प्रपर सर्टिफिकेट पनि प्राप्त भइसकेको छ।

सम्भावित खरिदकर्तामा भारतीय मूलका क्यानेडाली बैंकर प्रेस वत्सको कम्पनी फेयरफक्स फाइनान्सियल, इमिरेट्स एनबीडी र कोटक महिन्द्रा बैंक सामेल छन्। यो सरकारी बैंक खरिदको दौडमा फेयरफाक्स फाइनान्सियल सबैभनदा अगाडि रहेको छ।

Esewa
Crest

आईडीबीआई बैंकलाई सरकारले निजीकरणको लिस्टमा राखेको थुप्रै वर्ष भइसकेको छ। यो बैंकमा सरकारको ४५.५ प्रतिशत हिस्सा रहेको छ। यसका साथै एलआईसी ४९ प्रतिशतभन्दा बढी हिस्सेदारीका साथै बैंकको सबैभन्दा ठूलो शेयरधारक हो।

आईडीबीआई पहिला फाइनान्सियल इन्टिट्युसन थियो। पछि यो बैंक बनेको हो।

भारत सरकारले यो बैंकको ६०.७ प्रतिशत हिस्सा बेच्ने तयारी गरिरहेको छ। जसमा भारत सरकारको ३०.५ प्रतिशत र एलआईसीको ३०.२ प्रतिशत हिस्सा हुनेछ।

हाल आईबीडीआई बैंकको बजार पुँजीकरण भारु १०८८१४.३१ करोड रहेको छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS