IME Life New

नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा हुने स्थान परिवर्तन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभा गर्ने स्थान परिवर्तन भएको छ । यसअघि स्टार व्याङ्क्वेट रत्ननगर, चितवनमा गर्ने भनिएकोमा उक्त स्थानमा हाल विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण हल उपलब्ध गराउन नसक्ने भएकाले अब होटल सेन्ट्रल पार्क, सौराहा, चितवनमा हुने बैंकले जनाएको छ ।

बैंकको भाद्र २५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले बैंकको १८औं वार्षिक साधारण सभा असोज १६ गते शुक्रबार गर्ने निर्णय गरेको छ ।

Esewa
Crest

बैंकले साधारण सभा प्रयोजनका लागि आश्विन ८ गतेदेखि १६ गतेसम्म बैंकको शेयर दाखिला खारेज बन्द गर्नेछ । तसर्थ आश्विन ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, बैंकको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा रहेको छ ।

सभामा बैंकले हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बैंकले हाल कायम चुक्ता पुँजी ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँको एक बराबर एकको १:१० अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पुँजी १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ पुर्याउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS