IME Life New

नाडेप लघुवित्तको साधारण सभा असोज २८ गते, लाभांश प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २८ गते पाँचौ वार्षिक साधारण सभा गर्ने भएको छ। उक्त सभा रानीबन पार्टी एण्ड रेष्टुराँ, नागार्जुन, काठमाडौँमा बिहान ११ बजे शुरु हुने संस्थाले जनाएको छ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले असोज १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। असोज १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तले वितरण गर्ने लाभांश र साधारण सभामा सहभागि हुन पाउने छन् ।

Esewa
Crest

सभाले चुक्ता पूँजी ३६ करोड ८० लाखको १० प्रतिशतका दरले हुन आउने रकम ३ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै, बोनस शेयरको कर प्रयोजनार्थ ० दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने, शेयर संरचना परिवर्तन गरी ५१ः४९ कायम गर्ने, मर्जर तथा एक्विजिसनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS