IME Life New

नाडेप लघुवित्तको शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा गर्ने प्रयोजनार्थका लागि असोज १४ गते एक दिनका लागि संस्थाको शेयर दाखिला खारेज बन्द गर्नेछ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाको भाद्र ४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पाँचौ वार्षिक साधारण सभा असोज २८ गते बुधबार रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन १, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।

Esewa
Crest

सभामा संस्थाको असार ११ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीका शेयरधनीहरूलाई आर्थिक वर्ष २०७५/०७६ सम्मको सञ्चित मूनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागी १९ लाख ३६ हजार ८ सय ४२ रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS