IME Life New

नागरिक लगानी कोषको नाफा ५६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा खुद मुनाफा ५६ दशमलव ०४ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कोषले ५९ करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

Esewa
Crest

कोषको खुद ब्याज आम्दानीसँगै सेवा शुल्क र कमिशन बापतको मुनाफामा पनि भने बृद्धि भएको छ । अघिल्लो बर्ष यहि अवधिमा कोषको यस्तो मुनाफा ६१ करोड ६२ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक बर्षको त्रैमाससम्ममा २८ दशमलव २४ प्रतिशतले वृद्धि भएर ७९ करोड २ लाख रुपैयाँमा कायक भएको छ।

समिक्षा अवधिमा कोषको प्रतिशेयर आम्दानी ३७ रुपैया ६२ पैसा रहेकोमा अहिले त्यो ११ रुपैयाँ ३१ पैसाले घटेर २६ रुपैयाँ ३१ पैसा पुगेको छ । कोषको खुद मुनाफामा वृद्धि हुदाँ पनि प्रतिसेयर आम्दानी घट्नुको कारण कोषले चालु आर्थिक वर्षमा हकप्रद सेयर र बोनस सेयर वितरण गरि १२३ प्रतिशत पुँजी वृद्धि गरेको थियो । कोषको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ रहेको छ ।

कोषको हालको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ पुगेको छ भने जगेडामा १३ अर्ब २६ करोड रुपैयाँ रकम संचित रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS