IME Life New

नागरिक लगानीकोषले ल्यायो ‘नागरिक पेन्सन योजना’, ६० वर्षपछि पेन्सन पाइने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानीकोषले सर्वसाधारण नागरिक तथा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुलाई लक्षित गर्दै ‘नागरिक पेन्सन योजना’ सार्वजनिक गरेको छ । कोषले  सर्वसाधारण नागरिक तथा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुलाई बचत गर्न प्रोत्साहित गरी कुल राष्ट्रिय बचत बृद्धिमा समेत सहयोग पुर्याउने, त्यस्तो वचतलाई देशको आर्थिक विकासमा परिचालन गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उद्देश्यले यस्तो योजना ल्याएको हो ।

‘जवानीमा कमाऔ जमाऔ, बढेशकालमा रमाऔ’ भन्ने नारा सहित कोषको बचत कार्यक्रमको दायरामा नसमेटिएका नेपाली नागरिकलाई आवद्ध गराई बृहत रुपमा ‘नागरिक पेन्सन योजना’ संचालन र व्यवस्था गर्न लागेको हो ।

Crest

यस पेन्सन योजना अन्तर्गत आय आर्जन गर्ने व्यक्तिहरु, प्रचलित कानुन बमोजिम स्थापना भएका संघ, संस्ता एवंम् प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् ।

यस कार्यक्रममा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक ५०० रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा रकम जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिक रुपमा रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ । यस्तो किस्ता बुझाउँदा मासिक ५०० रुपैयाँ भन्दा कम नहुने गरी बुझाउनु पर्नेछ ।

मिति २०७७ असोजदेखि सुरु गरिएको यो योजना कार्यान्वयनको प्रारम्भिक चरणमा रहेता पनि नेपालका लागि पहिलो कार्यक्रम रहेकोले सर्वसाधारणको आकर्षण व्यापक रहेको कोषले जनाएको छ । यस योजनामा छोटो अवधिमा नै सर्वसाधारण एवं स्वरोजगार व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको छ । साथै योजनामा सहभागी हुन अनलाइन रजिस्टर्ड सेवा समेत सुरु भैसकेको छ ।

पेन्सन पाउन योग्य हुने अवस्था

यस योजना अन्तर्गत बचत सुविधा लिने बचतकर्ताले ६० वर्ष पुरा भए पछि पेन्सन सुविधा पाउने छन् । बचतकर्ताले पेन्सन योजनाबाट सहभागी हुन नचाहेमा १५ वर्षको बचत नगर्दै वा १५ वर्ष पश्चात पनि त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भुक्तानी लिन सक्ने छन् ।

कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जत रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने रकम जम्मा गर्ने सहभागीले समेत यस योजना सहभागी हुन सक्नेछन् ।

पेन्सन गणना विधि

सहभागीले जम्मा गरेको बचत, त्यसको व्याज र कोषले यो कार्यक्रममा संकलन भएको रकम लगानी गरी संचालन खर्च कटाएर प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजले जीवनकालभर पेन्सन पाउनेछन् । निजको शेषपछि निजको परिवार र परिवारको पनि शेषपछि निजको हकवालाले बाँकी रकम एकमुष्ठ पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS