IME Life New

नवराज अधिकारीलाई सेबोनको अध्यक्ष बनाउने अर्थमन्त्रीको योजनामा तुसारापात, अमेरिका उडे संयोजक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा हालका कार्यकारी निर्देशक डा नवराज अधिकारीलाई नियुक्त गर्ने अर्थमन्त्री वर्षमान पुनको योजनामा तुसारापात लागेको छ। सिफारिस समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ एक कार्यक्रममा सहभागी हुन अमेरिका उडेपछि अर्थमन्त्री पुनको योजनामा तुसारापात लागेको हो।

सिफारिस समितिले सर्टलिस्टमा परेकामध्ये २ जनाले मात्रै कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता दोस्रोपटक अनुपस्थित कार्यकारी निर्देशक अधिकारी, नेप्सेका सीईओ कृष्णबहादुर कार्की र तत्कालीन बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंलाई पुनः अन्तर्वार्तामा बोलाएको थियो। तर, उनीहरु नगएपछि समितिले यो प्रक्रिया नै रद्द गरेको थियो। उनीहरु तीनैजना माओवादी केन्द्रनिकट मानिन्छन्।

Esewa
Crest

अन्तर्वार्तामा भने सेबोनका अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सत्यनारायण श्रेष्ठ सहभागी भएका थिए। पछि नियुक्ति प्रक्रिया रद्दविरुद्ध नेकपा एमालेनिकट सत्यनारायणले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमाथि २ पटक–पटक भएको सुनुवाइमा अध्यक्ष नियुक्ति प्रक्रियालाई जारी राख्न सर्वोच्चले अन्तरिम आदेश छ।

यता सत्ताको प्रमुख घटक एमालेले गठबन्ध तोड्दै नेपाली कांग्रेससँग नयाँ समीकरण बनाइसकेको छ। यो नयाँ सीमकरणले प्रचण्डलाई प्रधानमन्त्री पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गर्दै आएको छ। यद्यपि, प्रचण्डले भने असार २८ गते विश्वासको मत लिँदैछन्। उनी तत्काल राजीनामा दिने पक्षमा देखिँदैनन्।

पछिल्लो राजनीतिक घटनाक्रमले प्रचण्ड नेतृत्व सरकार ढल्ने लगभग निश्चित देखिएको छ। सरकार ढल्ने निश्चितप्रायः भएसँगै अर्थमन्त्री पुनले आफूनकिट नवराज अधिकारीलाई पुनः अन्तर्वार्ता दिन लगाएर सेबोनको अध्यक्ष बनाउने योजना बनाएका थिए। यसका लागि मन्त्री पुनले हरसम्भव प्रयास गरिरहेका थिए। तर, उनको प्रयास व्यर्थ गएको छ।

सिफारिस समितिका संयोजक श्रेष्ठसहितको राष्ट्रिय योजना आयोगको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघीय आर्थिक तथा राजनीतिक संयन्त्रको बैठकमा सहभागी हुन अमेरिकाको न्युयोर्क उडिसकेका छन्। यो बैठक असार २४ गतेदेखि साउन ३ गतेसम्म सञ्चालन हुनेछ। सम्भवतः संयोजक श्रेष्ठ साउनको ४–५ गतेमात्र नेपाल फर्किनेछन्।

संयोजक श्रेष्ठ नआउन्जेलसम्म सिफारिस समितिले सेबोन अध्यक्ष नियुक्तिका लागि कुनै पनि प्रक्रिया अगाडि बढाउन नसक्ने अर्थ मन्त्रालय स्रोत बताउँछ। ‘त्यसैले श्रेष्ठ नेपाल फर्किने बेलासम्म यो सरकार रहला कि नरहला टुंगो छैन’, स्रोत भन्छन्, ‘यही कारण अधिकारीलाई सेबोनको अध्यक्ष बनाउने अर्थमन्त्री पुनको योजना लगभग तुहिएको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS