IME Life New

नयाँ वर्षबाट जापानमा बढ्दै गाडी बीमाको प्रिमियम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापानमा नयाँ वर्ष २०२५ बाट गाडी बीमाको प्रिमियम बढ्ने भएको छ।

जिजी प्रेसमा प्रकाशित समाचारअनुसार नयाँ वर्षमा जापानमा गाडी बीमाको प्रिमियम न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतममा ५ प्रतिशतसम्म बढाउने तयारी गरिएको हो। प्राकृतिक विपत्ति र बढ्दो लागतलाई ध्यानमा राखेर गाडी बीमाको प्रिमियम बढाउने निर्णय भएको हो।

Esewa
Crest

जापान ठूला बीमा कम्पनीले टोकियो मारिन एन्ड निचिडो, फायर इन्स्योरेन्स, सोम्पो जापान इन्स्योरेन्स, मित्सुई सुमिटोमो इन्स्योरेन्स र आइओई नेस्से डोवा इन्स्योरेन्सले गाडी बीमाको प्रिमियम बढाउने निर्णय गरेका छन्। टोकियाले मारिनले ३.५ प्रतिशत र सोम्पो जापानले ५ प्रतिशतसम्म गाडी बीमाको प्रिमियम बढाउने भएका छन्।

जुन महिनामा निर्जीवन बीमा कम्पनीहरु समावेश गर्दै जापानको जनरल इन्स्योरेन्स रेटिङ अर्गनाइजेसनले गाडी बीमा प्रिमियमको बेन्चमार्कमा ५.७ प्रतिशत वृद्धिको घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS