IME Life New

नयाँ माइल्ड–हाइब्रिड प्रविधिका साथ मारुती ब्रेजा लन्च, यस्ता छन् फिचर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले आफ्नो प्रसिद्ध एसयूभी मारुती ब्रेजालाई पहिलेभन्दा अझ राम्रो बनाएको छ र नयाँ माइल्ड–हाइब्रिड प्रविधिका साथ अपडेट गरेको छ। कम्पनीले माइल्ड हाइब्रिड प्रविधिसहितको यो एसयूभीको शीर्ष भेरियन्ट आज लन्च गरेको छ।

यो एसयूभीले पहिलेको तुलनामा अझ राम्रो माइलेज दिने कम्पनीले दाबी गरेको छ। नयाँ माइल्ड हाइब्रिड इन्जिन विकल्प अब जेडएक्सआई र जेडएक्सआई प्लसको म्यानुअल भेरियन्टमा उपलब्ध हुनेछ।

Esewa
Crest

मारुती सुजुकीले गत वर्ष जुलाई महिनामा माइल्ड–हाइब्रिड म्यानुअल भेरियन्ट बन्द गरेको थियो। त्यसपछि यो प्रविधि अटोमेटिक भेरियन्टमा मात्र उपलब्ध थियो। तर, अब म्यानुअल ट्रान्समिसनप्रेमीहरुले पनि माइलेज अझ राम्रो बनाउने यो विशेष प्रविधिबाट ड्राइभिङको मजा लिन सक्नेछन्। यसबाहेक कम्पनीले यो भेरियन्टमा थप केही नयाँ फिचरहरु पनि समावेश गरेको छ।

मारुती सुजुकीले नयाँ हायर जेडएक्सआई म्यानुअल भेरियन्टको मूल्य भारु ११.०५ लाख र जेडएक्सआई प्लस म्यानुअल भेरियन्टको मूल्य भारु १२.४८ लाख तोकेको छ। यो नयाँ माइल्ड हाइब्रिड भेरियन्टको माइलेज लगभग २.५१ किलोमिटर प्रतिलिटरले बढ्ने बताइएको छ। त्यसपछि यो एसयूभीले १९.८९ केएमपीएल माइलेज दिनेछ। जुन अन्य भेरियन्टभन्दा राम्रो हुनेछ।

मारुती ब्रेजाको यो नयाँ भेरियन्टमा कम्पनीले सबै सिटका लागि सिट–बेल्ट रिमाइन्डर, ३६० डिग्री क्यामेरा, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम र हिल–होल्ड असिस्टजस्ता सुविधाहरु समावेश गरेको छ। जसका कारण यो भेरियन्ट फिचरको हिसाबले पहिलेको भन्दा धेरै उत्कृष्ट रहेको दाबी गरिएको छ।

ब्रेजामा कम्पनीले १.५ लिटर ४ सिलिन्डर पेट्रोल इन्जिन प्रयोग गरेको छ। जुन ४८भी माइल्ड हाइब्रिड प्रणालीमा आउँछ। यो इन्जिनले १०२ बीएचपीको पावर र १३७ एनएमको टर्क जेनेरेट गर्छ। यो इन्जिन ५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक गियरबक्ससँग जोडिएको छ। माइल्ड–हाइब्रिड टेक्नोलोजीमा ब्रेक इनर्जी रिजेनेसन, आइडियल स्टार्ट÷स्टप, टर्क असिस्टजस्ता सुविधा छन्।

मारुती ब्रेजा कम्पनी फिटेड सीएनजी विकल्पमा पनि आउँछ। जसमा १.५ लिटर इन्जिन जडान गरिएको छ। सीएनजी मोडमा यो इन्जिनले ८७ बीएचपी पावर र १२१.५ एनएमको टर्क जेनेरेट गर्छ। ब्रेजा सीएनजी भेरियन्ट एलएक्सआई, भीएक्सआई र जेडएक्सआई मा आउँछ। जसको मूल्य क्रमशः भारु ९.२४ लाख, भारु १०.६० लाख र भारु ११.९९ लाखबाट सुरु हुन्छ। यसको सीएनजी भेरियन्टले २५.५१ किलोमिटर प्रतिकिलोग्राम माइलेज दिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS