IME Life New

नयाँ ब्रोकर लाइसेन्सको विरोधमा ब्रोकरहरुकै पेनिक सेल, ७७ अंकले घट्दा सोल्टी होटल बाहेक सबैको घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ ब्रोकर लाइसेन्सको विरोध जनाउने क्रममा आज ब्रोकरहरुले मिलेरै शेयर बजारमा पेनिक सेल गरेका छन् । उनिहरुले बजार घटाउन जाना जान सेलिङ प्रेसर दिएका हुन् । नेपाल धितोपत्र बोर्डले हचुवाका भरमा अध्ययन नै नगरी ३० वर्षदेखि बजारमा रहेका ब्रोकरहरुलाई विस्थापित गर्ने गरी धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता सम्बन्धी नियमावली २०६४ को संशोधन मार्फत नयाँ ब्रोकर सम्बन्धी प्रावधान राखिएको आरोप लगाएका छन् ।

अहिले सञ्चालनमा रहेका ब्रोकरहरुले धान्नै नसक्ने गरी पूँजी बढाइएको भन्दै उनिहरुले विरोध गरेका हुन् । उनिहरुले नेपाल धितोपत्र बोर्डमा उक्त संसोधन फिर्ता लिन आग्रह गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् । एकातर्फ ज्ञापनपत्र बुझाउने अर्को तर्फ बजारमा पेनिक अवस्था सिर्जना गर्न बजार घटाउने ब्रोकरको रणनीतिले सानातिना लगानीकर्ताहरु भने समस्यामा परेका छन् ।

Esewa
Crest

सोमबार मात्रै नेप्से सूचक ७७.०१ अंकले तल झरेको छ । नेप्से सूचकमा गिरावट आउदा कारोबार रकम भने साविकै जति भइरहेको छ । आज जुनसुकै कम्पनीको मार्केट डेफ्थमा सेलिङ प्रेसर थियो । दोस्रो बजारमा ब्रोकरहरुले मात्रै ४० प्रतिशत भन्दा माथिको कारोबार गर्छन् । आफ्नो व्यवसाय जोगाउन पनि उनिहरु नयाँ ब्रोकर लाइसेन्सको विरोधमा उत्रिएका छन् ।

बजारमा ५० वटा ब्रोकर छन् । उनिहरुको चुक्ता पूँजी २ करोड रुपैयाँ छ । अव उनिहरुले २ वर्ष भित्रमा कम्तिमा पनि २० करोड पुर्याउनु पर्छ । अझ फुल फ्लेजको ब्रोकर सञ्चालन गर्ने हो भने ६० करोड रुपैयाँ आवस्यक पर्छ त्यसैले पनि बजारमा भएका ब्रोकरलाई टिक्न धेरै गाह्रो छ । यसरी ब्रोकहरुलाई धेरै नै समस्या पार्न खोजिएको भन्दै उनिहरु विरोधमा उत्रिएका हुन् ।

सोमबार नेप्से सूचक ३.८६ प्रतिशतले घटेर १९५१ अंक कायम भएको छ । आज सोल्टी होटलको बाहेक सम्पुर्ण कम्पनीको शेयर मूल्य घटेको छ । केहि ऋणपत्र र म्युचुअल फण्डको इकाईमा सुधार देखिएको छ । ग्रामिण र किसान लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सर्वाधिक धेरै हिमालयन डिष्ट्रलरीको ११ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS