IME Life New

नयाँ नेपाल लघुवित्तले डाक्यो बिशेष साधारण सभा, मर्जरमा जाने प्रस्ताव पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा डोकेको छ। लघुवित्तले असार आठ गते सभा आह्वान गरेको छ।जेठ २० गते बसेको संचालक समितिको निर्णय अनुसार लघुवित्तले मर्जरको प्रस्ताव सहित म्याकडोनाल्ड फूड क्याफे रेष्टुरेन्ट एण्ड क्याफे, मध्यवानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो ।

सारथी लघुवित्तको १ कित्ता शेयर बराबर नयाँ नेपाल लघुवित्तको पनि १ कित्ता शेयर आदानप्रदान गर्ने सम्झौता अुनसार दुई कम्पनी एक आपसमा गाभिन लागेका हुन् ।त्यस्तै विशेष साधारण सभाले मर्जर पश्चात पूँजी वृद्धि हुने भएकाले संस्थाको प्रबन्धपत्र संशोधन गर्न तथा अन्य आवश्यक सम्पूर्ण कार्यका लागि पूर्ण अख्तियारी दिने प्रस्तावलाई पनि पारित गर्ने एजेण्डा रहेको छ।

Esewa
Crest

मर्जर प्रायेजनका लागि नयाँ नेपाल लघुवित्तको शेयर कारोबार गत माघ २१ गतेदेखि रोक्का रहेको छ । यी दुई संस्था मर्जर पश्चात् चुक्ता पुँजी २३ करोड २४ लाख रुपैयाँ पुग्ने छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS