IME Life New

नयाँ कीर्तिमानी उचाइमा भारतीय शेयर बजार, अन्य एसियाली बजारको के छ हाल ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजार बिहीबार फेरि नयाँ कीर्तिमान उचाइमा पुगेको छ।

भारतीय शेयर बजार सूचक सेन्सेक्स ६.२६ अंकले बढेर ८१ हजार ३४३ मा बन्द भएको छ। निफ्टी पनि १८७ अंकले बढेर २४ हजार ८०० मा पुगेको छ। कारोबारका क्रममा सेन्सेक्सले ८१ हजार ५२२ को विन्दुमा पुगेको थियो भने निफ्टी २४ हजार ८२९ को उचाइ चुमेको थियो।

Esewa
Crest

यसअघि गत मंगलबार सेन्सेक्स ८० हजार ७१६ र निफ्टी २४ हजार ६१३ को उचाइमा पुगेको थियो। जुन हालसम्मकै उच्च हो।

आज अन्य एसियाली बजारको कारोबार ठीकठाक नै रहेको छ। जापानको निक्केई इन्डेक्स २.३६ प्रतिशतले घट्यो भने चीनको सांघाई कम्पोजिटमा ०.४८ प्रतिशत र हङकङको ह्याङसङमा ०.२२ प्रतिशतको तीव्रता देखिएको छ।

उता अमेरिकी बजार बुधबार उकालो लागेको छ। डाओ जोन्स ०.५९ प्रतिशतले बढेर ४१ हजार १९८ को विन्दुमा बन्द भउको छ। नास्डक पनि २.७७ प्रतिशतले बढेर १७ हजार ९९६ को विन्दुमा बन्द भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS