IME Life New

नयाँ आर्थिक वर्षका लागि संसदमा प्रस्तुत बजेटलाई आरती स्ट्रीप्सद्धारा स्वागत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारद्धारा संघीय संसदको संयुक्त सदनमा प्रस्तुत आ.ब. २०७९/८० सालको आय व्यय विवरण एवं बार्षिक बजेटमा नीजी क्षेत्र उत्साहित देखिएको छ । नीजि क्षेत्रले बिगतको समयदेखि उठाउदै आएको बिभिन्न मागहरु जसले उनीहरुको उघोगलाई वर्षाैदेखि असर गर्दै आइरहेको र सोचेभन्दा बढी व्यापार व्यवसाय गर्न नसकेको बिषयहरुमा यस आ.ब. २०७९/८० को बार्षिक बजेटले समेटेको आरती स्ट्रीप्स प्रा.लि.ले जनाएको छ ।

उत्पादन मुलक उद्योगको जग्गा हदबन्दी सम्बन्धमा, नेपाल सरकारको जग्गा ५० बर्षसम्मको लागि भाडामामा उपलब्ध गराउने सम्बन्धमा, आत्मनिर्भर भएका उद्योगहरूलाई निर्यात गर्दा ८ प्रतिशतसम्म क्यास इन्सेन्टिभ दिने कुरा सरहानीय रहेको छ । आइरन, वायर रड, कर्कट जस्तापाता लगायतका अन्य फलामजन्य सामाग्रीहरुमा देश आत्मनिर्भर भएको अवस्थामा आयात प्रतिस्थापनको नीति हुने स्वगतयोग्य रहेको छ । यसका साथसाथै देश फलामजन्य सामाग्रीमा आत्मनिर्भर रहेको समेत जनाएको छ जुन बिदेशी तथा स्वदेशी लगानीमा स्थापित उघोगहरुले अब सहज रुपमा ब्यापार व्यवसाय गर्ने बाटो खुलेको र आयातित फलामजन्य समाग्रीबाट स्वदेशी उत्पादनलाई कुनैपनि समस्या नरहेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

नेपाल स्टील, जस्तापाता, बिभिन्न बायर एवं फलामजन्य बस्तुमा आत्मनिर्भर रहेको छ र अब हरेक उधोग स्वत स्फुर्त रुपमा संचालन हुनेमा दुइमत छैन । यसका साथसाथै सरकारले बार्षिक १० करोड भन्दा बढी बिजुली खपत गर्ने उद्योगलाई न्यूनतम २ देखि १५ प्रतिशत छुट दिने घोषणा गरेको छ । तयारी अवस्थामा निर्माण भई बाहिर निर्यात गर्ने सामानको लागि समेत राम्रो व्यवस्था गर्नुका साथसाथै मुलुकमा औधोगिक क्षेत्रको बिकास गर्न, बैदेशिक लगानी आर्कर्षित गर्न एवं आयात प्रतिस्थापन गरी निर्यातलाई प्रर्वधन गर्न सजिलो भएको कम्पनीले जनाएको छ । यसका साथसाथै अर्पाटमेन्टहरु बिदेशी नागरिकलाई बिक्री गर्न दिने बजेटको प्रावधानसँगसँगै नेपालमा स्थापित सिमेन्ट र डण्डी उधोगहरु बिक्री बितरण हुन सरकारको राजस्वमा समेत थप बृद्धि हुन जाने देखिन्छ ।

नेपाल सरकारद्धारा प्रस्तुत गरीएको र नीजि उधोगहरुलाई प्रोत्साहन एवं संरक्षण गर्नेगरी ल्याइएको यस बजेटलाई स्वगत गर्दै र नेपाल सरकारलाई धन्यवाद दिदै यसमा गरिएका व्यवस्थाहरु चाडोभन्दा चाडो प्रभावकारी ढंगले कार्यान्वयन गर्न आरती स्ट्रीप्स प्रा.लि. ले नेपाल सरकारसँग अनुरोध गरेको छ । आरती स्ट्रीप्स प्रा.लि. नेपालकै सबैभन्दा ठुलो बैदेशिक लगानीमा स्थापित फलामजन्य सामाग्री उत्पादक कम्पनी हो । जुन मोरङ्गको बिराटनगरस्थित टंकीसिनावारीमा रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS