IME Life New

नबिल र सनराईज बैंकका कर्मचारीमा कोरोना, बैंकका काउन्टरमा बढ्यो जोखिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वसाधारणको भिडभाड हुने ठाउँको रुपमा बैंकहरुको काउन्टर समेत हुन् । यसै क्रममा नबिल बैंक र सनराईज बैंकका एक एक जना कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । दुई बैंकका कर्मचारीमा यसै साता कोरोना भाइरस पुष्टि भएको हो ।

नबिल बैंकको इटहरी शाखाका एक कर्मचारीमा कोरोना भाइरस पुष्टि भएको छ । यस्तो पुष्टि भएसँगै सो शाखाका सबै कर्मचारीहरुको स्वाव संकलन गरी परिक्षणको लागि पठाइएको छ ।

Esewa
Crest

त्यस्तै सनराइज बैंकको राजधानी बाहिरको एक शाखामा कार्यरत कर्मचारीमा कोरोना भाइरस पुष्टि भएको छ । ति कर्मचारी कुन शाखाका हुन् भन्ने खुलाइएको छैन । सरकारले कोरोना भाइरस संक्रमितको संख्या मात्रै सार्वजनिक गरेर नाम नामेसी भने गोप्य राख्दै आएको छ ।

पछिल्लो समय बैंैकका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढेको छ । कोरोना नोटबाट सजिलै सर्ने भएकोले बैंकमा कार्यरत कर्मचारीहरुमा कोरोना देखिने क्रम बढेको छ । पछिल्लो समय नेपाल बंगलादेश बैंक, मेगा बैंक, सेन्चुरी बैंकका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भई उपचार गराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS