IME Life New

नबिल बैंक र दराज नेपालको सहकार्यमा दराजका विक्रेतालाई सारथी योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक र दराज क्यामुले नेपालका साना तथा मझौला उद्यम (एसएमई)लाई सहयोग पुराउने उधेश्यले सारथी योजना सार्वजनिक गरेको छ।

दुबैको सहकार्यमा “सारथी” भन्ने वित्तिय कार्यक्रम सुरू गरेका छन्, जहा“ दराजका विक्रेताहरूले आकर्षक सुविदा तथा ब्याज दरको नबिल एसएमई कर्जाको लागि आवेदन दिन सक्नेछन् । यो कार्यक्रम सबै एसएमई ग्राहकहरुका लागि बनाइएको छ, जसमा पुराना तथा नया“ सबै ग्राहकहरुले आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

नबिल बैंकका डेपुटी सीईओ, सुजित कुमार शाक्य र दराज क्यामुका प्रबन्ध निर्देशक, लिनो अल्हेरिङ्गले एक विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  उक्त समारोहमा बोल्दै नबिल बैंकका डेपुटी सीईओले भने, “यो कार्यक्रम नेपालमा डिजिटल बजारको विकासको लागि निकै महत्वपूर्ण रहनेछ । हाम्रो मुख्य प्राथमिकता नेपालका एसएमईहरुलाई बिभिन्न लगानी कार्यक्रम मार्फत आफ्नो व्यवसाय बिस्तारमा सहयोग पु¥याउनु रहेको छ ।

सारथी कार्यक्रमको लागि हामीले दाराजसंग सहकार्य गरेका छौं । हाम्रो विश्वास छ कि, यो वित्तिय कार्यक्रमले उनीहरूलाई कोभिड – १९ को कारणले आइपरेका कठिनाइहरू पार गर्न मद्दत पुराउछ र उनीहरूको व्यवसायलाई दीर्घकालीन स्थिरता र बृद्धिका लागि पुर्नजीवित गर्नेछ ।”

त्यस्तै, दराज क्यामुका प्रबन्ध निर्देशकले भने, “सारथी कार्यक्रमलाई नबिल बैंकसंगको सहकार्यमा प्रस्तुत गर्न हामी धेरै उत्साहित छौ । हामीले लामो समयदेखि काम गरिसकेका छौं, अर्थतन्त्रमा कोभिड – १९ को प्रभावलाई ध्यानमा राखी यो कार्यक्रम अझ महत्वपूर्ण साबित भएको छ । योे नेपालमै पहिलँ क्रेडिट स्कोरिंगमा आधारित नौलो समाधान हौं र हामी यो रणनीतिक साझेदारीको शुरुवातमा छौं । नेपाली आर्थिक क्षेत्रलाई अझ मजबुत बनाउन हामी यस सारथी कार्यक्रममा नबिल बैंकसंग धेरै नजिकबाट काम गर्ने आशा गरिरहेका छौं ।”

आफ्नो अनलाइन उपस्थिति गर्न इच्छुक व्यवसायीहरुले, सारथी कार्यक्रमको लागि तलको लिंक प्रयोग गर्न सक्दछन्, जुन नबिल बैंक र दराजको संयुक्त रुपमा सहजीकरण गरिएको छ ।

नबिल बैंकले आफ्नो देशभर ११९ वटा शाखा कार्यालयहरु, १७५  र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत सञ्जाल मार्फत निरनतर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS