IME Life New

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति(एक्विजेशन) गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको आज सम्पन्न विषेश साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । भर्चुअल माध्यमबाट सम्पन्न सभाले युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको १०० बराबर ३५ को शेयर स्वाप रेसियो लाई स्वीकृति दिएको छ ।

अब युनाइटेड फाइनान्सका शेयरधनीहरुले युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ३५ कित्ता शेयर पाउने छन् ।

Esewa
Crest

त्यस्तै, त्यस्तै, सभामा प्राप्ति प्रयोजनका लागि भएका काम कारबाही, पुँजी संरचना, प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम संशोधन वा परिमार्जनसमेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालकलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित भएको छ ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पछि नबिल बैंकको चुक्तापूँजी १३ अर्ब ८४ करोड रुपैयाँ पुग्नेछ भने कुल पूँजीकोष ३२ अर्ब ६८ करोड रुपैयाँ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS