IME Life New

नबिल इन्भेष्टमेन्टले ल्यायो आजिवन नविकरण गर्नु नपर्ने डिम्याट खाता योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले नेपालमा पहिलो पटक आजिवन डिम्याट खाता योजना ल्याएको छ । कम्पनीले पुस २६ गतेदेखि लागु हुने गरी यो योजना ल्याएको जनाएको छ

यस योजना अनुसार नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकै पटक तीन हजार रुपैयाँ भुक्तानी गरेपछि उक्त खाता आजिवन नबिकरण गर्नु पर्ने छैन ।

Esewa
Crest

योजनामा हाल कायम खातावालाहरुले पनि सहभागिता जनाउन सक्ने तर हाल कायम खातावालाहरुले यस्तो योजनामा सहभागिता जनाउन चाहेमा आफ्नो पुरानो भुक्तानी गर्न बाँकी नबिकरण वापतको शुल्क भुक्तानी गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजनामा डिम्याट खाताको नवीकरण र मेरोशेयर खाताको नवीकरण समेत समावेश छ ।

यस सुविधाबाट डिम्याट खाता खोली विदेशमा रहेका डिम्याट खातावालाहरु तथा विभिन्न कारणले आफ्नो डिम्याट खाता नबिकरण गर्न असमर्थ भएका लगानीकर्ताहरुले एकै पटक एक मुष्ट रकम जम्मा गरी जीवन भरको लागि खाता नबिकरणको झन्झटबाट मुक्त भई फाईदा लिन सक्ने बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS